काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा चिकित्सकको लापर्वाहीका कारण शिशुको निधन भएको आरोप लगाउँदै धर्नामा वसेका आफन्तले आज दोश्रो दिन पनि धर्ना जारी राखेका छन्। उनीहरुले अस्पतालको बहिरंग सेवा समेत बन्द गराएका छन्। बन्द गराउने क्रममा पिडित पक्ष र सुरक्षाकर्मी बिच केहिबेर तनाब समेत भएको थियो।
अस्पतालको बहिरंग सेवा बन्द भएपछि उपचार सेवा प्रभावित वनेको छ। चिकित्सकको लार्पवाहीका कारण शिशुको मृत्यु भएकोले अस्पतालले माफी माग्नुपर्ने उनीहरुको माग छ। आमाको शल्यक्रिया गर्दा चिकित्सकको लार्पवाहीका कारण तीन महिना अघि शिशुको पेट काटिएको र उसको मृत्यु भएको पीडित पक्षको आरोप छ। अस्पतालले भने शिशुमा ग्यास्ट्रोसिरोसिस अर्थात जन्मिदै आन्द्राभुडी निस्किने रोग भएका कारण मृत्यु भएको दावी गर्दै आएको छ।