तिनपाने लेक संरक्षण संघर्ष समितिले गर्यो चुनढुङ्गा उत्खनन परिसरमा वृक्षारोपण (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई ।

अर्घाखाँची – खाँचीकोटको तिनपाने लेक चुनढुङ्गा उत्खनन परिसरमा बुधबार वृक्षारोपण गरिएको छ ।

तिनपाने लेक संरक्षण संघर्ष समितिको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमा जडीबुटी तथा फलफुलका करिब ३ सय बिरुवा रोपिएको हो ।

May be an image of 6 people and tree

उक्त स्थानमा भइरहेको चुनढुङ्गा उत्खनन रोकि पर्याबरण संरक्षण र पर्यटन विकास बढाउने उद्देश्यका साथ सो क्षेत्रमा उत्तिस, पैयूँ, टिमुर, सौर जस्ता विभिन्न प्रजातिका करिब ३ सय वृक्षा रोपण गरिएको तिनपाने लेक संरक्षण संघर्ष समितिका संयोजक पृतम थापाले बताउनुभएको छ ।

May be an image of 13 people, motorcycle and road

वृक्षारोपण कार्यक्रमकै अवसरमा आयोजित प्रवचन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी., एमालेका स्थानिय नेता दुमन थापा र माओवादी केन्द्रका स्थानिय नेता बाबुराम आचार्य लगायतले मन्तव्य समेत राख्नुभएको थियो ।

images

May be an image of mountain

कार्यक्रममा बोल्दै उहाँहरुले नरपानी र खाँचीकोट क्षेत्रका डाँडा कटान गर्दा हुने फाइदा भन्दा बेफाइदा बढि देखिएकोले चुनढुङ्गा उत्खनन बन्द गर्नुपर्ने बताउनुभएको छ ।

images

No photo description available.

पानीका मुहान सुक्ने, वायु प्रदुषण बढाउने, ऐतिहाँसिक धार्मिक तथा पर्यटकिय क्षेत्र ध्वस्त हुने, उत्खननले सिमित विचौलियालाई ठुलो लाभ भएपनि जिल्ला र स्थानियलाई ठुलो क्षति भइरहेकोले चुनढुङ्गा उत्खनन बन्द गर्नुपर्ने उहाँहरुको तर्क छ ।

images

May be an image of 13 people, mountain, fog and tree

राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, तिनपाने लेक संरक्षण संघर्ष समितिका सचिव बिष्णु थापा, सह–संयोजक द्धोय बसन्त खड्का, गणेश थापा लगायत स्थानिय सरोकारवालाको बाक्लो उपस्थितिमा वृक्षारोपण गरिएको बताइएको छ ।

थप तस्बिर :

No photo description available.

Nepal life insurance

May be an image of 8 people and tree

May be an image of 6 people and tree

May be an image of 8 people

May be an image of 8 people

May be an image of 7 people and tree

May be an image of 12 people, mountain and fog

May be an image of 7 people, people climbing, fog and mountain