-उमाकान्त पाण्डे गाउले
नेपाली काग्रेशका सस्थापक नेता कृष्ण प्रशाद भट्टराईको निधन प्रती काग्रेशको अन्तराष्ट्रिय भात्री संगठन जन संपर्क समिती यूएई स्तब्ध भएको जनाएको छ। भट्टराईको निधनले पार्टीले अभीभाबकत्व गुमाएको समितीको भनाइ छ।
सन्त नेताका रुपमा परिचित भट्टराई देखेको कुरा बोल्न र आफ्नो फरक मत राख्न निडर मानिने भएकाले पनि उनको अभाब आउँदा राजनितिक घटनाक्रममा महसुश हुने जनसंपर्क समिती यूएई द्वारा जारी गरिएको एक प्रेस समेवदना विज्ञप्तीमा उल्लेख गरिएको छ। समितीका केन्द्रिय सभापति चित्र वहादुर केसी द्वारा हस्ताक्षर गरी जारी गरिएको समवेदना ब्यत्यब्यमा भनिएको छ ‘ नेपाली काग्रेशको लागि मात्र नभएर राज्यको चौथो अगं मानिने पत्रकारिता जगतलाई पनि भट्टराइको निधनले थप असर पारेको छ।’
मृत् आत्मको चिर शान्तीको कामना गर्दै किसुन जि को निधन बाट मर्माहित भएको सम्पूर्ण समुदाय लाई धैर्यधारणा गर्न सक्ने क्षमता भगवानले प्रदान गरुन भन्नेकामना समेत समवेदना पत्रमा उल्लेख गरिएको छ।
‘पटक पटक गरी करिव १४ वर्ष भन्दा बढी जेल जीवन बिताएका भट्टराईको आफ्नो खाश परिवार नभएपनी आफ्नो जीवन रहुनजेल तथा अन्तिम समयमा समेत ‘म र मेरो राष्ट्र’ नामक गहन शब्द कोरेकोले पनि भट्टराइ राष्ट्रभत्त तथा राजनेता भएको पनि थप प्रस्ट भएको हाम्रो ठहर छ’जारी
गरिएको समवेदना पत्रमा लेखिएको छ।
नाजुक श्वास्थ स्थितीका कारण थला परेका भट्टराइको निधन बहेको खबर शुक्रबार मध्यरातमा जानकारी पाएका प्रवासमा बस्ने नेपाली काग्रेश निकट जनसंपर्क समिती यूएईले निधनको २४ घण्टा बित्न नपाउदै यूएईमा एक श्रन्दाजली सभा सम्पन्न गरेको छ।
जनसंपर्क समिती यूएई दुबइ क्षेत्रिय समिती द्वारा शनिबार साझ बर दुबइ स्थित काठमाण्डौ हाइल्यान्ड रेस्टुरेन्टमा एक शोक शभा सम्पन्न गरेको हो।
सो शोक सभा कार्यक्रम समितीका दुबइ क्षेत्रिय अध्यक्ष मनोज गोर्खालीको शभापतित्व,एनआरएन आइसीसीका कोषाध्यक्ष रामेश्वर शाह,नेपाली समाज यूएईका पार्शध अध्यक्ष तुल्सी तमाङ,समाजका उपाध्यक्ष सालीक सुवेदी , एनआरएन यूएईका अध्यक्ष सिएम ढकाल, उपाध्यक्ष चन्द्र बहादुर रोकाह, पत्रकार महासंघ यूएई शाखाका कार्यवाहक अध्यक्ष शेश नारायण झा,महासंघका केन्द्रिय प्रतिनिधि जेपी सापकोटा,संघकै सचिव अर्जुन दाहाल,प्रवासी नेपाली सघं यूएईका केन्द्रिय उपाध्यक्ष एल एन सुवेदी, लुम्बिनी वेलफेयर सोसाइटी यूएईका अध्यक्ष डिएल शर्मा लगायतको बिशेष आतिथ्यतामा सम्पन्न सो शोक सभा कार्यक्रमको सन्चालन समितीका दुबइ क्षेत्रिय सचिव गोपाल कडेलले गरेको जानकारी प्राप्त भएको छ।
यसै गरी समितीले १३ औ दिन सम्म शोकको घोषणा गर्दै कुनै पनि खालको मनोरन्जन पूर्ण सभा सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुने तथा आउदो शुक्रबार यूएईको राजधानी आबुधाबीमा जनसंपर्क समितीको केन्द्रिय समितीको आयोजनामा एक बिशेष श्रदानज्ली सभा कार्यक्रमको आयोजना गरिने बताएको छ।
यसै गरी नेकपा एमालेको अन्तरास्ट्रिय भात्री संगठन प्रवासी नेपाली संघ यूएईले समेत एक प्रेस बिज्ञप्ती जारी गरी नेपालका भुतपुर्वक प्रधानमन्त्री एवम वरिस्ठ राजनेताको निधनले अक होन हार राजनितिज्ञ गुमाउनु परेकोले गहिरो दु:ख ब्यत्त गर्दै शोक सन्त्रप्त पाट्री प्रती सहानुभुती एवम धैर्यधारण गर्न सक्ने शत्ती भगवानले प्रदान गर्नु भनिएको छ।
संघका केन्द्रिय उपाध्यक्ष एल एन सुवेदी हस्ती तथा सचिव गीता मणी पाण्डे द्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ।
३ दशकको पञ्चायती शासनको विरोधमा भएको जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री बनेका भट्टराई दुई दुई पटक नेपालका प्रधानमन्त्री भएका थिए। भट्टराईको नेतृत्वमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछिको संवैधानिक राजतन्त्रसहितको संविधान जारी भई चुनाव सम्पन्न भएको थियो।सात सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हालेका थिए। उनी नेपाल पत्रकार महासंघका प्रथम सभापति पनि हुन।



