– देव गौतम
अर्घाखाँची टाईम्स यूएई डेस्क) – अमेरिकाको न्यूयोर्कमा रहेको नेपालीहरुको सामाजिक सस्था युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम र रेस्टुरेन्ट अपुर्चुनेटिज सेन्टर , न्यूयोर्क ब्रान्चको सम्युत्त आयोजनामा न्यूयोर्क सिटी अन्तर्गत अधिकांश नेपालीहरुको बसोबास रहेको क्युनिस क्षेत्रको ज्याकसन उचाइमा गत मार्च ६ आइतबार २०११ का दिन निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।
न्यूयोर्क विश्व बिधालय ( मेडिकल सेन्टर)का बिभिन्न बिभागका बिशेषज्ञहरु रहेको सो कार्यक्रममा जम्मा १३५ जना नेपालीहरुको स्वास्थ्य परिक्षण भएको आयोजक सस्था महासचिव सञ्जय थापाले जानकारी दिए।
उत्त कार्यक्रममा नेपालीहरु बाहेक अन्य मुलुकबाट न्यूयोर्कमा रही बिभिन्न क्षेत्रमा कार्यरत तथा त्यस क्षेत्रमा बसोबास गर्ने बिभिन्न देशका बिदेशी नागरिकहरु समेत सहभागी भई स्वास्थ्य जाच गराएका थिए।
सो स्वास्थ्य परीक्षण कार्यक्रममा उच्च रत्तचाप,रत्त परिक्षण,एचआइभि तथा अक्युपञ्चर प्रबिधी उपचार सहित अन्य सामान्य रोगका बिमारीहरुको निशुल्क परिक्षण सेवा प्रदान गरिएको थियो।
स्वास्थ्य उपचार पस्चात सहभागी सबैलाई निशुल्क दिवाभोज समेतको ब्यबस्था सस्थाले मिलाएको र प्रत्येक वर्ष सस्थाले यस्ता किसिमका सामाजिक सहयोगका बिभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दीइने सस्थाका महासचिव थापाले अर्घाखाँची टाईम्सलाई बताए।
( Editing by Umakanta Pandey, International & Middle East Editor)