– उमाकान्त पाण्डे गाउले
नेपाली समाज यूएईको आबुधाबी क्षेत्रिय अधिवेशन आउदो शुक्रबार हुने भएको छ। गत जनवरी २८ मा सम्पन्न निर्वाचन पस्चात समाजको नवगठित केन्द्रिय समितिको मातहतमा रहने गरी पुराना क्षेत्रीय समीतीको अधिवेशन गरी नव क्षेत्रिय समीती गठन गर्दै जाने लक्ष्य अनुरुप १८ मार्च शुक्रबारका दिन सो अधीवेशन गर्न लागिएको हो।
जनवरीमा सम्पन्न निर्वाचन पछी बनेको नव गठित समितीले आफ्नो कार्यकालमा समाजलाई समाजको विगतमा रहेको महत्वपूर्ण एतिहास लाई आत्मसाथ गर्दै यूएईमा रहेका सम्पूर्ण नेपाली माझ उपस्थिती जनाउदै तल्लो पहुच सम्म पुराउनका लागि यस् अघी रहेका क्षेत्रिय समिती लाई पुनर्गठित एवम गठन नभएका ठाउँ मा नवगठन गर्दै जाने र सकृय रुपमा अघी बढ्ने योजना अनुरुप आबुधाबी क्षेत्रीय महाधीवेशन गरि समिती निर्माण गरिने भएको हो।
संयूत्त अरब एमिरेट्स यूएईको राजधानी आबुधाबी स्थित केरेला सोसियल सेन्टरमा दिनको ३ बजे देखी सुरुहुने अधिवेशन सत्रमा यहाँ स्थित सम्पूर्ण सामाजिक संघसस्थालाई सो अधिवेशनमा उपस्थित हुन अपिल गरिएको छ।
नेपाली समाज यूएई यहाँ रहेका बिभिन्न सामाजिक संघसस्थाको प्रतिनिधिमुलक माउ सस्था भएकोले यस् सस्थामा आबद्द भईसकेका तथा हुन बाँकी सबै लाई कार्यक्रममा उपस्थित भएर आउदा दिनमा माउ सस्था सँग हातेमालो गर्दै अघी बढ्ने प्रयासको थालनी गर्न अनुरोध गरिएको छ।
कार्यक्रम सम्बन्धी जानकारीका लागि नेपाली समाज यूएईका केन्द्रिय उपाधक्ष्य भरत राज राना मगर ०५५-७५४७६४२ र नेपाली समाज यूएई आबुधाबी क्षेत्रीय समीतीका अधक्ष्य राम गोपाल थापा ०५५-७५७१८०७ मा संपर्क गर्नुहुन आग्रह गरिएको छ।