खानेपानीका लागि मुग्लान छिरेका युवाहरु जुटे धादिङको ज्यामुङ गाउमा


 

– उमाकान्त पाण्डे गाउले
 
गाउ छोडे पनि माया गाउमै…यसै भनाइ र्सार्थक बनाएका छन गाउघर छोडि मुग्लान पसेका धादिङको ज्यामुङ गाउका युवाहरुले। युवा जुटन सके सबै फत्ते हुने राम्रो उदाहरण धादिङको ज्यामुङ गाउ देखी प्रवास पसेका युवाहरु बनेका छन। गाउमा खानेपानी को असुबिधा ले गर्दा सास्ती हुन्थ्यो, अब घर घरमा खानेपानीका धारा पुराउन गाउ मै पानी सकंलनका लागि पानी ट्याकीं निर्माण गर्न युवा शत्ती जुटी समाजकै लागि उदाहरणिय बनेका हुन ।
 
यस प्रशशनिय कार्यमा नेत्रित्व लिएका छन स्थानिय राजनितज्ञ को छोरा भुवन गुरुङले।हाल उनी बैदेसिक रोजगारको शिलशिलामा  यर्ूर्एइ मा कार्य­रत छन् । सयुत्त अरब एमिरेट्स यूएईमा सामाजिक कार्यमा उित्तकै योगदान दिएका गुरुङ सुरुमा ज्यामुङ सर्ंपर्क समिति यूएई को गठन संगै सामाजिक सस्थामा नजिक भएका थिए। हाल उनी धादिङ वेल्फेर एसोसियसन यूएईका अध्यक्ष समेत रहेका छन।
 
१४ हजार लिटर देखि १६ हजार सम्म पानी अटाउने क्षमता भएको पानी ट्याकीं निर्माण योजना लाई अहिले स्थानिय स्तरमा भुत्पर्ुवक गाउविकास समितीका अध्यक्ष टिकाबहादुर गुरुङग, तथा त्यहाका राजनितिज्ञ जिवनाथ बोहोरा ले रेखदेख गरिरहेको र मिनाकुमारी गुरुङ,कल्पना गुरुङ,साबित्री धमला, लगायत स्थानिय वासिन्दा ले भरपूर्ण सहयोग गरिरहेको गुरुङले जनाए।
 
केही समय अघी आफ्नो वाषिर्क बिदाको अवसर पारेर स्वदेश फर्किए पछी आफ्नो नेत्रित्वमा रहेको सस्थाको नाम बाट युवाहरुलाई सगंठित गर्दै गाउको बिकासमा जुटेपछी गाउले मुहार फेर्न थालेको हो । 
 
करिव ६ लाख नेपाली रुपैयाको लागतमा स्थानिय ३१ देखी ५६ घर धुरी भएको गाउलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन यो योजना सुरु गरिएको छ । साथ साथै गाउ बिकासमा चासो नदेखाउने राजनितिक पाटी तथा नेता लाई सहयोग बन्द गर्न समेत सो गाउका स्थानिय बासी राजी भएका छन ।’आप\mनो चुनावी र्सगमी बढाउदै गर्दा मिठा लोभ लाग्द भाषण दिने हरु लाई हामीले रचनात्मक कार्य गरी झापड हानेका हौ बिदामा स्वदेश बाट फर्किए लगत्तै समाजसेवी भुवन गुरुङ ले अर्घाखाँची र्टाईम्स सँग भने ‘ ।
 
धादिङ वेलफेयर सोसाइटी यूएईको नेत्रित्वमा सुरु भएको सो खानेपानी निर्माण योजना लाई सफल बनाउन सबैक्षेत्र बाट आर्थिक अनुदान आउने व|mम पनी जारी छ। यसै क्रममा अहिले सम्म अनुदान दिनेहरुमा जिल्ला बिकास समिति दादिङ ५१ हजार रुपैया,ज्याम्रुङ समाज यूएई ४१ हजार रुपैया,धादिङ वेल्फेयर सोसाइटी ३१ हजार रुपैया,त्यसै गरी धादिङ बाट यूएईमा लामो समय देखी ब्यवसाय गर्दै आएका ब्यबसायी एवम समाजसेवी चन्द्रप्रसाद सापकोटा २१ हजार रुपैया,समाजसेवी तथा ब्यबसायी रमेश धमाला १५ हजार रुपैया रहेको छ ।
 
त्यसै गरी स्थानिय उपभोत्ता तथा स्थानिय प्रवासी युवाहरु सम्युत्त अरब एमिरेट्स यूएई देखी भुबन गुरुङ १५ हजार,थान बहादुर गुरुङ ११ हजार, कमल बहादुर गुरुङ ५ हजार रुपैया,बिकाश गुरुङ ५ हजार,किरण धमला यूएई १५ हजार, अस्ट्रिया देखी रमेश धमला १५ हजार रुपैया,डोरप्रसाद बोहरा बेल्जियम १५ हजार ,नवराज बोहरा­कोरिया ११ हजार रुपैया,सुमन गुरुङ काठमान्डौ ५ हजार रुपैया,प्रेम बहादुर  गुरुङ काठमाडौं ५ हजार रुपैया,पुष्प गुरुङ काठमाडौं ५ हजार रुपैया ,निराजन धमला काठमाडौं ५ हजार रुपैया,भुमी बोहरा काठमान्डौ ५ हजार रुपैया,घन बहादुर गुरुङ काठमाडौं ५ हजार  रुपैया,निरबहादुर गुरुङ काठमाडौं ५ हजार रुपैया गरी सहयोग प्रदान भएको जनाइएको छ ।

 





Editor’s Note: मिति २०६७ चैत्र ८, मंगलवारमा प्रकासित यस समाचारका लेखक उमाकान्त पाण्डे, अन्तराष्ट्रिय प्रमुख हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा सहित भुलचुक सुधारिएको जानकारी गराउन्छौ ।

अन्य समाचारहरु