इलाम – प्राप्त समाचार अनुसार तीन दिनदेखि बन्धक बनाइएका इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका निमित्त प्रमुख राजेन्द्र कुँवरलाई विद्यार्थीले अझै मुक्त गरेका छैनन् ।
करार शिक्षक नियुक्तीको विषयलाई लिएर नेविसंघ र अखिल क्रान्तिकारीले निमित्त प्रमुख कुँवरसहित ३२ प्राध्यापकलाई क्याम्पस भवनमै आइतबार थुनेका थिए ।
प्रमुखकी श्रीमती हेमलताले विज्ञप्ति जारी गरी तत्काल मुक्त गर्न पहल गरिदिन अधिकारकर्मी, नागरिक समाज, राजनैतिक दल र संचारकर्मीसमेतसित अनुरोध गरेकी छन् । माग पूरा नभएसम्म थुनामुक्त नगर्ने विद्यार्थी संगठनले अडान राख्दै आएका छन् । विद्यार्थीले थुनेपछि केही घण्टापछि अन्य प्राध्यापकलाई मुक्त गरे पनि प्रमुख अझै छुटेका छैनन् ।
नियुक्त गरिएका १७ करार शिक्षक छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दुई विद्यार्थी संगठनले दुई महिनादेखि आन्दोलन गरिरहेका छन् ।



