पर्सा (वीरगन्ज) – शिक्षा आर्जन गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पर्साका एक वृद्धले दिएका छन्। आजबाट सुरु भएको प्रवेशिका परीक्षामा सामेल विजयवस्तीका ६६ वर्षीय आशबहादुर गुरुङले यस्तो सन्देश दिएका हुन्।
जिल्लाको अति विकट बस्ती ठोरीमा रहेको सरस्वती उच्च माविबाट दस पास गरेका गुरुङले विजयवस्ती केन्द्रबाट परीक्षा दिइरहेका छन्।
पढाइको चाहना पूरा गर्नका लागि आफू परीक्षा दिन आएको र उत्तीर्ण भएपछि उच्च शिक्षा पनि हासिल गर्ने चाहना रहेको उनले बताए।
पर्सामा यस वर्षको प्रवेशिका परीक्षामा सबै गरेर पाँच हजार ४५५ परीक्षार्थी सामेल भएको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिए।
सदरमुकाममा १२ सहित जम्मा १८ वटा परीक्षा केन्द्र जिल्लामा तय गरिएको छ।
यसैबीच एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ।
एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षलाई चिट चोराउन सघाएको आरोपमा नियन्त्रणमा लिइएको छ।
विराटनगर