सघींयताको आवाज बुलन्द गर्न भन्दै यूएई एकता समाज द्वारा अभियान सन्चालनमा/आबुधाबी क्षेत्रिय समिती पुनर्गठन

-उमाकान्त पाण्डे गाउले

 

 

यूएई नेपाली एकता समाज आबुधाबी क्षेत्रिय समिती पुनर्गठन गरिएको छ। समाजको केन्द्रिय प्रतिनिधिको रोहबरमा भएको एक बिशाल भेलाले नेपालमा भइरहेको सघींयता बिरुद्दको आन्दोलन लाई थप निष्कर्षमा पुराउन भन्दै सुरु गरेको आफ्नो समिती विस्तार अभियान स्वरुप यस् अघी रहेको समाजको क्षेत्रिय समिती लाई पुनर्गठन गरिएको हो।

 


 

समाजका केन्द्रिय अध्यक्ष,सघींयता बिरुद्द सम्युत्त मोर्चाका यूएई अध्यक्ष तथा अन्तरास्ट्रिय एकता समाजका केन्द्रिय उपाध्यक्ष मान बहादुर थापा, एकता समाज यूएईका केन्द्रिय प्रतिनिधि शिवराज जैसीको बिशेष उपस्थितीमा सम्पन्न सो भेलाले नयाँ कार्यसम्ती गठन गरेको हो।

 


 

पुनर्गठित समितीका पदाधिकारी गुप्ता केसी(गुल्मी)अध्यक्ष,चुमान काउछा (गुल्मी)उपाध्यक्ष,राम बहादुर नेपाली सचिव(अर्घाखाँची), स-सचिव चन्द्र परियार (प्युठान),जुना पछाइ कोषाध्यक्ष (अर्घाखाँची) रहेका छन।

 


 

सो गठित नव समितीका सदस्यहरुमा राधा केसि (प्युठान),रामु केसि(प्युठान),खल बहादुर जिसि (प्युठान),सुर्य थापा(गुल्मी)र सल्लाकार योगेन्द्र थापा(अर्घाखाँची),सुर्य केसि(बाग्लुङ)चयन गरेको छ।

 

सो बिशेष भेला बिभिन्न समस्याका बाब्जुत सानदार रुपमा सम्पन्न भएको बिशेष स्रोतले जनाएको छ। जनाए अनुसार भेला लाई सम्बोधन गर्दै नेपाली एकता समाज यूएईका केन्द्रिय अध्यक्ष मानबहादुर थापाले समसामयिक बिषय बस्तु उपर बिशेष प्रशिक्षण दिएका थिए। उनले शान्ती प्रकृया लाई निष्कर्षमा पुराउदै नयाँ सविंधान बनाउने प्रयोगका लागि सबिंधान सभाको निर्वाचन मार्फत निवार्चित संविधान सभाले समय सिमा भित्र नयाँ सबिंधान दिन नसक्नु तथा सबिधान सभाको म्यान्डेट विपरित नेपालका राजनितिक पार्टी हरु सघिंयताको नाममा देश लाई टुक्राउदै जातियता-धार्मिक एकता माथि दख्खल पुराउने गरी देशलाई सघींयता मा लैजाने षणयन्त्र मुलक कार्यको घोर बिरोद गर्दै प्रवासमा सम्पूर्ण नेपाली लाई एक हुन आग्रह गरे।

 



अर्का प्रतिनिधि एवम समाजसेवी शिव राज जैसीले समाजको नवगठित समिती लाई शुभकामना ब्यत्त गर्दै हामी संसारमा बस्ने सम्पूर्ण नेपाली एक हौ,नेपाल रहे हामी नेपाली रहन्छौ,यो सघींयता नेपाली जनता को चाहना बिपरित हो, जस्लाई बिभिन्न बहानामा चोर बाटो हुँदै लादन खोजिएको बताए। उनले अगाडि थपे ७ साल को आन्दोलन- ३६को आन्दोलन ४८ सालको आन्दोलन वा ६२/६३ को जनसागर उर्लिएको कुनै पनि आन्दोलनमा नेपाली जनताले सघींयताको आवाज उठाएनन यो केवल भारतीय बिस्तारवाद र नेपाली सामन्तवादले सोझा सिधा नेपाली जनता माथि खेलबाड गरेको चर्चा गरे।

 


 

पहिले नेपाल राष्ट्र र त्यस पछी मात्रा जातीजाती,क्षेत्र,भाषामा ध्यान दिनुपर्ने भन्दै नेपालमा अहिले सघींयता बिरुद्दको आन्दोलन लाई थप उचाइमा पुराउन प्रवासमा बस्ने नेपालीले समेत पहल गर्नु पर्ने कार्यक्रममा सहभागी हरुको भनाइ थियो।

 


 

स्मरण रहोश यूएई नेपाली एकता समाज यहाँ स्थित नेपाली बिच सघीयता बिरुद्द हस्ताक्षर अभियान गरी सकलन गरेको करीब २५ हजार भन्दा बढी हस्ताक्षर सभामुख समक्ष पुराउने पहिलो बिदेश स्थित प्रवासी नेपाली सस्था हो। हामीलाई जनाए अनुसार यूएई एकता समाजले नेपालमा भईरहेको सघींयता बिरुद्दको आफ्नो अभियान सघींयता खारेज नहुन्जेल गरिरहने भएको छ।