वीरगन्जको ठाकुराम क्याम्पसको पठनपाठन ठप्प

पर्सा, वीरगन्ज – वीरगन्जको ठाकुराम क्याम्पसको पठनपाठन बिहीबारबाट ठप्प भएको छ । माओवादी निकटको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले अपाङ्ग कोटामा सपाङ्गलाई भर्ना गराएको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि पठनपाठन ठप्प भएको हो ।

अपाङ्ग कोटामा केही विद्यार्थी सङ्गठनको मिलेमतोका क्याम्पस प्रशासनले सपाङ्ग विद्यार्थीलाई कोटा प्रदान गरेका कारण तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारी ठाकुराम इकाइ समितिका अध्यक्ष प्रभाकर गुप्ताले बताए ।

उनले उक्त कोटा वितरण कार्य खारेज नभएसम्म तालाबन्दी जारी रहने पनि चेतावनी दिए । तालाबन्दीका कारण पठनपाठन ठप्प हुँदा विद्यार्थी मारमा परेका छन् । रासस

अन्य समाचारहरु