-उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स यूएई डेस्क- अप्रिल ४ – सम्युत्त अरब एमिरेट्स यूएईमा घरेलुमहिला कामदारको रुपमा कार्यरत २ नेपाली महिला नेपाली राजदुतावास आबुधाबीको शरणमा पुगेका छन।आबुधाबीको अल साहामा स्थित एक इमराती नागरिकको घरमा कार्यरत ति नेपाली महिला लाई नेपालीको नाताले नेपाली युवा दीपेन्द्र राइ ले गत शुक्रबार उनीहरु कार्यरत अरबी मालिककै घर बाटै उद्दार गरी दुतावास पुराएका हुन।
आफ्नो ज्यान ज्युधनको पनि प्रवाह नगरि पहिलो पटक सामाजिक कार्यमा जुटेका दीपेन्द्र राइ लाई प्रारम्भिक सहयोगमा कानुनी प्रकृयातम्क रुपमा यूएईका लागि नेपाली राजदुत सँग संपर्क गरी नेपाली समाज यूएई केन्द्रिय उपाध्यक्ष भरत राज राना मगरले सहयोग गरेका थिए।
आफ्नी काकाकी छोरी (नाताले बहिनी पर्ने)अफ्ठारो स्थितीमा रहेको जानकारी पाएका ईन्द्र गुरुङले साथीको नाताले दीपेन्द्र कुमार राइ लाई उद्दारका लागि सहयोग गरिदिन आग्रह गरे बमोजिम करिब रातको ९ बजे उद्दार गरी दुतावास भवनमा लगिएको थियो।
उद्दार पछी दुतावासमा रहेका महिला हरु मध्ये एक झापा घर भई दर्जी थर बताउने र गोरखा घर गुरुङ थर बताउने ति दुबै महिला एउटै घरमालिकको घरमा हाउसमेडको रुपमा यूएई आएका हुन। दर्जी भारतको बाटो हुँदै र गुरुङ नेपाल बाटै कृष्ण सुवेदी नामक दलाल मार्फत आएको महिलाले बताए।
घरमालिक द्वारा शारिरिक तथा मानसिक पिडा दिदै स-सना गल्तीको बहानामा आफुहरुलाई कुटपिट गर्दै डर धम्की दिने गरेकोले आफुहरु त्यहा काम गर्न नसक्ने भएकोले असुरक्षित महसुश गर्दै उद्दार तथा सहयोग पाउने आशमा दुतावासको शरणमा पुराउन समाजका अगुवा हरुलाई आग्रह गरे पनि समाजका अगुवाहरुले खासै केही गर्न नसकेको उद्दारमा जुटेका दीपेन्द्र राइले अर्घाखाँची टाईम्स लाई बताए।
यस् अघी अर्घाखाँची टाईम्स लाई बिशेष सुचनासङै प्राप्त समाचारमा जनाइएका ब्यातीहरु यथार्थतामा सहयोगी नभएको भन्ने गुनासो बमोजिम टाईम्स यूएई डेस्क प्रत्यक्ष दुतावास नजिक पुगेको र बिभिन्न प्रकारले ति महिला सँगको प्रत्यक्ष कुराकानीका आधारमा पुनह:यो समाचार लेखिएको हो।
उता यस् अघी समाचार स्रोतमा रहेका नेपाली समाज यूएईका केन्द्रिय उपाध्यक्ष भरत राज राना मगर र समाजका आबुधाबी क्षेत्रिय अध्यक्ष सुर्य गिरी ले भने यदी बिना दवाब ‘महिला तथा दुतावासले तिमी हरुले उद्दार गरेका होइनौ’ भनोस हामी जस्तो सुकै सजाय भोग्न पनि तयार छौ, दीपेन्द्र राइ उद्दार कार्यमा जुटेका साहसिक ब्यत्ती हुन,उनलाई उल्काएर आग्रह पुर्वाग्रह राखी आफुहरुलाई संचार माध्यम मार्फत बेइज्जत गर्न खोजिएको राना मगर र सुर्य गिरीले प्रतिकृया दिए।
कोही पनि अफ्ठ्यारोमा पर्छ भने नेपालीका नाताले सहयोग र उद्दार गर्नु मानवताको धर्म हो,यधपी उद्दार पछी पनि मैले गरे अरु कसैले गरेको होइन जस्ता भनाइले समाजमा योगदान गर्न खोज्ने आगन्तुक समाजसेवी लाई ठेस लाग्न सक्ने बुद्दिजिवी बताउछन।



