दुबईमा नेपाली महिला कल्याणकारी समाज युएईद्धारा सांस्कृतिक कार्यक्रम गरिने

-लालबहादुर ढेंगा


अर्घाखाँची टाईम्स यूएई डेस्क-४ अप्रिल २०११ – दुबईस्थित एभरेष्ट होटलमा आगामी आउने १५ अपि्रल शुक्रबारका दिन नयां बर्ष २०६८ को पवन अवसरमा नेपाली महिला कल्याणकारी समाज युएईको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रममा नयां बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथ विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति रहने जनाईएको छ ।


त्यस्तैगरी युएईमा रहि विभिन्न सामाजिक कार्यक्षेत्र,पत्रकारिता क्षेत्रमा आफ्नो योगदान दिने,खेलकुदमा आफ्नो कर्त्यब्य निभाउने र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रोत्साहन गर्दै प्रशंसा-पत्र दिएर सम्मान गरिने जानकारी सोही संस्थाकी अध्यक्ष शोभा भण्डारीले दिएकी छन।


विगतदेखि नै विभिन्न संघ संस्थाहरुले विभिन्न खालका कार्यक्रमहरु सम्पन्न गरेता पनि यो कार्यक्रम भने खासगरी महिलाहरुद्धारा आयोजना गरिएको र विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने भएकोले नौलो मात्र नभई निकै रोचक हुने अनुमान गरिएको छ।


दिनको ठीक ३ बजेदेखि संचालन हुने कार्यक्रममा केवल सांस्कृतिक रमाईलो प्रस्तुति मात्र नभई गजल र कवितालाई पनि बिशेष स्थान दिइएको आयोजकले बताएको छ। कार्यक्रममा उपस्थित भएर मनोरन्जन प्राप्त गर्न आयोजकले यसै समाचार मार्फत बिशेष अनुरोध समेत गरेको छ ।