अर्घाखाँची टाईम्स यूएई डेस्क-नेपाली समाज यूएईले नयां वर्ष वि.स.२०६८ को अवसरमा शुभकामना आदानप्रदान गरी नयांसालको स्वागत गर्न शुक्रबार बरदुबईको एस्टोरिया होटलमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजले हरेक वर्ष नयां वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गर्दै आइरहेको छ।कार्यक्रममा यूएईमा रहेका संघसस्थाहरूको प्रतिनिधि,बुद्धिजीवि,व्यवसायी,समाजसेवीहरूको आतिथ्यता रहने समाजका केन्द्रिय सचिव उमाकान्त पाण्डे गाउले तथा समाकका केन्द्रिय उपाध्यक्ष एवम कार्यक्रम सम्योजक सालीक सुवेदिले एक निमन्त्रणा पत्र मार्फत आमसम्पूर्ण नेपाली लाई उपस्थित गराउन सुचना प्रबाह गरिदिन यहाँ स्थित नेपाली पत्रकार र संचार सस्था लाई पत्राचर गरेका छन।
शुभकामना आदानप्रदान कार्यक्रमपछि उक्त स्थानमा नेपालका ख्याती प्राप्त कलाकारहरूका साथ नेपाली यूथ सोसाइटीले नयां वर्ष २०६८ मनाउनकालागि सांस्कृतिक कार्यक्रमको आयोजना गरेको अर्घाखाँची टाईम्स यूएई डेस्क लाई जानकारी प्राप्त भएको छ।



