-छत्र लामा-यूएई
अर्घाखाँची टाईम्स-यूएई डेस्क-दुबई,यही अप्रिल ८ तारिख शुक्रबार दुबईको सफा पार्कमा तमाङ समाज यूएईको एक भेला सम्पन्न भएको छ।युएई मा रहेका तामांग समुदायहरु को बिशेष भेला तामांग समाज यूएईको केन्द्रीय कार्य समिति को नेतृत्त्व परिबर्तन र आगामी दिन मा संस्था ले गर्ने कार्य हरु(बर्षिक कार्य योजना)पारित गर्दै सम्पन्न भएको हो।
तामांग समाज युएईका महासचिब रबिन थिङले दिएको जानकारी अनुसार निवर्तमान अध्यक्ष छत्र लामाले आफ्नो कार्य व्यस्तताको कारण जनाउदै संस्था को अध्यक्ष पद बाट दिएको राजिनामा छलफल पश्चात स्वीकृत गरी उक्त पदमा समाजका उपाध्यक्ष राम मोत्तान लाई सर्बसम्मतले चयन गरिएको छ।
पेशाले कम्प्युटर ईन्जिनियरका रुपमा कार्यरत मोक्तान संस्थाको संस्थापक कोषाध्यक्ष अध्यक्ष रहेका अति मिलनसार निस्वार्थी र आफ्नो जिम्मेवारीमा रहेको कार्य सम्पादन छिटोछरितो र स्वतस्फुर्त रुपमा सम्पन्न गर्ने ब्यात्तीको रुपमा रुपमा समाज भित्र परिचित छन।
साथै पूर्व अध्यक्ष लामा लाई सोहि भेला बाट संस्थाको संरक्षकमा मनोनयन गरिएको समेत प्राप्त समाचारमा जनाएको छ।
लामा तामांग समाज यूएईका सस्थापक अध्यक्ष नेपाली आदिबाशी जनजाती महासंघ यूएईका सस्थापक महासचिब हुँदै अध्यक्षको समेत जिम्मेवार बहन गरी हाल(NRNA)गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ यूएई शाखाका सल्लाहकार रहेका छन।
तामांग समाज यूएईको स्थापना सन् २००५ मा भएको र समाजले प्रवाशमा आफ्नो जातीय परम्परा धर्म संस्कृति र भेषभुषा लगायत तामांग समुदाय को अन्य बिबिध खाले संस्कारहरुलाई संरक्षण सम्बर्धन तथा विदेश मा नेपाल को बिभिदताको प्रचार प्रसार गर्ने देखि यहाँ स्थित समस्यामा परे का नेपाली हरु को उद्दरकार्य हरु मा विभिन्न नेपाली संघ संस्था हरु सँग हातेमालो गर्दै आए को छ।
साथै आफ्नो परम्परागत जातीय कार्यक्रमहरुको आयोजना गर्दा संस्थागत रुपमा नेपाल बाट प्रवासमा तामांङ कलाकारहरुलाई आमन्त्रण गरेर आफ्नो समुदायका कलाकारहरुलाई देश विदेशमा परिचित गराउँने कार्यमा समेत अतुलनीय योगदान तामांग समाज यूएईको रहेको दावी सस्थाका कार्यकारीणी अध्यक्ष महेश मोक्तानको रहेको छ।
समाजले राष्ट्रको लागि अमुल्य योगदान गर्दै आएका वरिस्ठ राजनीतिज्ञ भिम बहादुर तामांग र तामांग कलासंकृति र परम्परामा पि.एच.डि.हासिल गरेका डा. क्याथ्रिन मार्च लाई आफ्नो आयोजनाको कार्यक्रममा आमन्त्रण गरी सम्मान गर्ने जस्ता कार्यहरु समेत गर्दै आएको जनाइएको छ।
समाजका कोषाध्यक्ष सुप्रिम तामांगका अनुसार समाज लाई प्रबल र सक्षम बनाउनलाई समाजको बार्षिक कार्य योजना लाई मुर्त दिने कार्य भैरहेको र निकट भबिष्यमै यसलाई सार्बजनिक गर्ने कार्यक्रम रहेको समेत प्राप्त समाचारमा उल्लेख गरिएको छ।



