सोही गाविसकी सेतीमाया स्याङ्तानकी वर्ष १० को नाम नखुलेकी नातिनीको बिरामी भएर कपाल र्झन थालेपछि धामी बोलाएर आसन राख्दा ती देउरानी, जेठानीको नाम बकेकाले धामीकै आदेशमा चैत्र ३० गते राती सिस्नो लगाएर मलमुत्र खुवाएको सोममायाले बताइन् ।
घटना बिबरण अनुसार स्थानीय हस्तबहादुर स्याङ्तान र डिलबहादुर थिङले बैठक छ भनेर बोलाइ धामी चनकबहादुर थिङको आदेशमा कोठामा थुनेर देउरानी जेठानीलाइ मलमुत्र खुवाइएको थियो । सेतीमायाँकी नातिनीको कपाल झरेकाले उपचारका लागि धामी बोलाएर आसन राखिएको थियो ।
पीडित देउरानी, जेठानीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा कार्वाहीका लागि उजुरी दर्ता गराएका छन् । अहिलेको जमानामा धामी राखेर वोक्सी ठहर गरि हामी माथि अमानवीय कार्य भएकाले धामी सहित स्याङ्तान र थिङलाई कडा कार्वाहीको माग उनीहरुले गरेकी छन् ।
रातको समयमा बैठक छ, भनेर डाक्न आए, छिमेकीकोमा नै त हो नी भनेर निसंकोच गयौं, पीडितले घटनाको बेलिबिस्तार लगाउदै सुनाइन् । तिमीहरु यता आवत भनेर धामीलाई बक्न लगाइ कोठा भित्र थुनेर पहिले अक्षता छर्किए, त्यसपछि, सिस्नो लगाउन थाले उनले भनिन्, ‘हामीलाई किन यसो गरेको भन्दा तिमीहरु बोक्सी हौ भने, मलमुत्र समेत जर्वजस्ती खुवाए ।’
पीडितको उजुरी माथि छानविन तथा आबश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी कार्यालयमा पत्राचार गरेको छ । पीडितको उजुरीको आधारमा आबश्यक कार्वाहीका लागि प्रहरी परिचालन गरि पीडकलाइ खोज्ने कार्य शुक्रबारबाटै थालनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘आबश्यक अनुसन्धान भइरहेको छ, दोषी उम्कन पाउदैन्’ प्रहरी नायj निरLक्षक महेन्द्रप्रसाद शाहले भने ।



