राज्यद्वारा वेपत्ता पारिएका परिवारजनहरुको राज्यस्तरको भेला तथा प्रशिक्षण कार्यक्रम तनहुँको डुम्रेमा सम्पन्न

– राजेन्द्र न्यौपाने

 

गोरखा ३ बैशाख । राज्यद्वारा वेपत्ता पारिएका परिवारजनहरुको राज्यस्तरको भेला तथा प्रशिक्षण कार्यक्रम तनहुँको डुम्रेमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्नुहुँदै तमुवान राज्य समितिका इाचार्ज समेत रहनु भएका माओवादी पोलिट्व्युरो नेता हितराज पाण्डेले राज्यले वेपत्ता पारिएका नागरिकहरुको खोजीमा उदासिनता देखाएको बताउनुभयो । वेपत्ता नागरिकहरुको तत्काल खोजी गरी अवस्था सार्वजनिक गर्न समेत उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

 
     कार्यक्रममा माओवादीका तमुवान राज्य समिति सेक्रेटरी हरी अधिकारीले वेपत्ता परिवाजनहरु हराईरहेका आफ्ना परिवाजनको खोजी गर्न एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । तमुवानका पाँच जिल्ल्ाामा कुल ७३ नागरिकहरु राज्यद्वारा वेपत्ता पारिएका छन् ।

 

     वेपत्ता परिवार समाजका तमुवान संयोजक ओम कुमारी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम राज्यद्वारा वेपत्ता परिवार समाज गोरखाकी अध्यक्ष सपना सुर्वणकारको सचालनमा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा राज्यद्वारा वेपत्ता परिवार समाजकी केन्द्रीय उपाध्य सावित्री दुरा समाजका तनहुँ जिल्ल्ाा अध्यक्ष प्रवता खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।