बुटवलको सार्वजानीक शौचालयमा नास्ता पसल

– कृष्ण खनाल

 

बुटवल ५ वैशाख । एउटा शौचालयमा के के कार्य गरीन्छ । त्यो त सवैलाई थाहा हुन्छ । शौच गर्ने । तर बुटवलको एक सार्वजानीक शौचालयमा नास्ता पसल राखिएको छ । त्यो सैचालय हो बुटवल को पुरानो बर्ष पार्क अहिलेको बुटवल कृषि उपज थोक बजार केन्द्र को दाया पर्टि रहेको शौचालयमा पसल राखिउको हो । 

 

  बुटवल नगरपालिका ले बष पार्क रहेको वेला निमार्ण गरेको उक्त शौचालय अहिले आएर वेवारीसे जस्तै बनेको छ । ंं  उक्त स्थानमा ठुलो अक्षर मा शौचालयको माथि शार्वजानीक शौचालय लेखिएको छ ।

 

सार्वजानीक शौचालय लेखिएको भए पनी यदि तपाई शोच गर्छु भनेर जानुभयो भने त्याहा जान सकिदैन । शौचालय भित्र जाने मुल बाटो छेकेर नास्तापसल संचालन गरीएको छ । उक्त होटल संचालन गरेका नारायण भण्डारीले आफु उक्त स्थानमा २ बर्ष यता बस्दै आएको बताए । पहिला यो होटल उपज केन्द्रको छेउमा थियो त्यहाबाट हटाएपछी म पहा आएर बस्न थालेको हु । उनले उपज केन्द्रको छेउमा करीव १५ बर्ष देखि यता बस्दै आएको बताए । पहिला यो सौचालयमा देखि नसक्नु थियो । हामीले सफा गरेर यहा वस्न थालेका हु  । उनले थप जानकारी दिए । शौचालय भित्र अहिले कस्तो छ भनेर दृश्यवलोकनको लागी जान्छौ भन्दा टुडे कर्मीलाई जान दिईएन । पहिले शौचालयको कारण बाटोमा हिड्न समेत नसकिने भएको भन्दै उनले आफैले ट्रयाक्टरमा फोहोर उठाएर लगेर फालेको बताए । शौचाल जाने बाटोमा होटल मात्र होईन त्यसको छेउ मा शौचालयलाईनै छेकेर मासु व्यवसायी संघ नेपाल प्रधान कार्यलय भनि वोड टासिएको छ  ।

 

त्यस्तै सौचालय संग सटेर माईती टोल विकाश समीतीको प्रधान कार्यलय बनाईएको छ । त्यस्त सोचालयको दाया भागमा मासु पसल राखिएको छ । मासु पसल संचालन गरेकी जरीना शाहले सरकारले सटर बनाएर आफुलाई राख्ने व्यवस्था गर्नु पर्ने माग  गरीन् उनले भनिन – सरकारले सटर बनाएर हामीलाई सरकारले व्यवस्थित गरेर राखु पर्दछ जव सम्म राख्दै न हामी यहि नै वस्छौ उनले भनिन । 

 

उक्त शौचालयलाई नै छेकेर विभिन्न प्रकारका टहराहरु बनाएर पसल गर्ने गरेका पाईन्छ ।  बुटवटल नगरपालिकाले यसरी निर्माण गरीएका सार्वजानीक शौचालय को व्यवस्थित तरीकाले संचालन नगर्दा नगर लाई सफा सुग्गर राख्छौै भन्ने कुरा दिवा सपना मात्र हुनेछ ।

अन्य समाचारहरु