सभासदको श्राद्ध गर्ने राकेशकुमार शर्मा बुटवलबाट प्रक्राउ

– कृष्ण खनाल

 

बुटवल ५ वैशाख  । संविधान सभामा रहेका ६ सय १ सभासदहरुले संविधान निर्माण नगरी भत्ता पचाउने काम मात्र गरेको भन्दै विभिन्न स्थानमा श्राद्ध गर्दे आएका बर्दिया जिल्ला गुलिरीय नगरपालीका वार्ड नः ६ का राकेश कुमार शर्मालाई बुटवलबाट प्रक्राउ गरिएको छ ।

 

उनले मंगलबार बुटवलको मिडीयाचोकमा व्रह्माण राखेर कार्टुन सहित श्रादसकेपछी मंगलवार  विहान ९:३० बजे प्रक्राउ गरिएको हो ।  उनलाई अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । आफुलाई कुन कारणले पक्राउ गरिएको भन्ने वारेमा कुनै पनी थाहा नभएको वताउदै उनले मिडीयाका साथिहरुको विचबाटै आफुलाई  प्रक्राउ गरिएको बताए ।

 

ईलाका प्रहरी कार्यलय बुटवलले  उनीमाथी अनुसन्धन भईरहेको जनाएको छ ।

अन्य समाचारहरु