दलित समुदायको हक अधिकार रक्षाका लागि दलित सशक्तिकरण ऐन निर्माण गर्नुपर्छ : राष्ट्रिय दलित आयाेग सदस्य पुनकाेटी (तस्बिर सहित)

 

अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची । राष्ट्रिय दलित आयाेगका सदस्य माननीय सुन्दर पुनकाेटीले जनताको घर दैलाेकाे सरकार स्थानीय सरकार भएकोले स्थानीय सरकारले दलितमैत्री ऐन कानुन बनाई समतामूलक समाज निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय दलित आयोगदारा अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिकामा आयोजना गरिएको अन्तरकृयामा आयोजित कार्यक्रममा मन्तब्य राख्दै सदस्य पुनथाेकीले यस्तो बताउनु भएको हाे ।

May be an image of 4 people and people studying

पुनथाेकीले जातीय विभेद र उत्पीडनलाई व्यवहारिक रुपमा उन्मूलन गर्न दलित सशक्तिकरण ऐन निर्माण गरेर अघि बढ्ने तयारी गरी आयाेग अगाडि बढेको बताउदै ‘दलित समुदायको हकअधिकार रक्षाका लागि दलित सशक्तिकरण ऐन निर्माण गर्नुपर्ने बताउदै स्थानीय सरकारले सामाजिक न्यायसहितको अधिकार सुनिश्चित गर्न संवेदनशील हुनुपर्ने बताए ।

May be an image of 4 people and people studying

images

कार्यक्रममा पुनथाेकीले सिमान्तकृत समुदायलाई राज्यको मूल धारमा ल्याउन नीतिगत व्यवस्था र कार्यक्रमहरु अघि बढाएर अर्थपूर्ण सहभागीता सुनिश्चित गर्न आग्रह गदै दलित समुदायका छात्रालाई उच्च शिक्षाका लागि स्थानीय सरकारले छात्रवृत्तिकाे समेत व्यवस्था गर्नुपर्ने बताउदै समतामूलक समाज निर्माण गर्नुपर्ने बताएका थिए ।

May be an image of 3 people, people studying, accordion and harp

images

कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर उपप्रमुख बालकृष्ण बन्जाडे प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली वडा ४ अध्यक्ष बाबुराम पन्थी सुनार , बडा न १० का अध्यक्ष खगिश्वर पन्थी ,कार्यपालिका सदस्य ठाकुर साैराग, केशरा परियार लेखा समिति सयाेजक नारायण खनाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।

May be an image of 4 people, people studying and dais

images

कार्यक्रम नगर प्रमुख झविलाल थापाकाे अध्यक्षता ,कम्युटर अधिकृत शेषकान्त घिमिरे ओेसनकाे सञ्चालन ,याेजना अधिकृत हरिश्चन्द्र भुसालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

May be an image of 4 people and dais

कार्यक्रममा कार्यपालिका सदस्य नगरसभा सदस्य दलित अगुवा विषयगत शाखाका प्रमुख सञ्चारकर्मी सुरक्षाकर्मी लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे ।

Nepal life insurance