– समुन्द्र पौडेल,
तनहुँ- पृथ्वी राजमार्ग अर्न्तगत धादिङको पिडा गाविसमा बुधबार दिउँसो ट्रक त्रिशुलीमा खस्दाँ एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी ४ जना घाइते भएका छन्।
काठमाडौबाट धादिङको मलेखुका लागि छुटेको ना ३ ख ५६२६ नम्बरको ट्रक सडकबाट ५० मिटर तल नदीमा खस्दा धादिङ मलेखुकी दुई बर्षिया प्रशंसा सेढाईको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चार जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी मंगलबार धादिङको ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको कारको अवस्था अझै खुल्न सकेको छैन्। नदीमा बेपत्ता कारको खोजी कार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ।