नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के.सी.माथि सांघातिक हमला

– राजन रिमाल


अप्रिल, २२   कुवेत  । यही अप्रील २१ बिहीवार बेलुकी कुवेतको मालिया स्थित होटल एसिया एसियामा हुँदै गरेको एक परिवारिक भोजमा पत्रकार सुजन के.सी.माथि सांघातिक आक्रमण भएको छ ।


उक्त स्थानमा भईरहेको पारिवारिक भोजको अबसर पारेर कुवेतमा केही समय देखि बिबादित बनेका मेनपावर ब्यबसायी राम चन्द्र सुबेदीले नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के. सि. माथि सांघातिक हमला गरेको घटनाको नेपाल पत्रकार महासंघ कुवेत शाखा घोर भर्सना गर्दै दोषी राम चन्द्र सुबेदीलाई छिटो भन्दा छिटो कारबाही गर्न कुवेत स्थित नेपाली दुताबास र संबन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।


कुवेतमा लामो समय देखी मेनपावरको ब्यबसाय गर्दै समय-समयमा बिबादित बनेका निज राम चन्द्र सुबेदीले पछील्लो पटक कुवेत स्थित रिजनल गेट कम्पनीमा १५७ जना नेपाली सबारी चालक कामदारहरुलाई सबै नक्कली कागजातको भरमा ल्याएका थिए। उनिहरु मध्ये ७१ जनालाई कुवेतमै करीब १ महिना बिचल्ली बनाइ नेपाल फर्काइएको थियो भने गत हप्ता मात्र २ जनाको सबारी दुर्घटनामा मृत्