सुनकोसी नदीमा पौडी खेल्न गएका दुई सात वर्षका बालक बगेर बेपत्ता

सिन्धुपाल्चोक – सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक आइतबार बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा यमुनाडाँडा-८ का शिवराम श्रेष्ठ र उमेश श्रेष्ठ छन्। दुबै सात वर्षका हुन्।


छिमेकी गाविस कदमबास त्रिवेणीधाम नजिकबाट दिउँसो साढे एक बजे नदीमा छिरेका उनीहरु बगेका थिए। दुई वर्षअघि सुकुटेमा भएको बस दुर्घटनामा शिवमा बाबुआमा मारिएका थिए।

 

 र्‍याफि्टङ बोटको सहायताले खोजी गरेपनि उनीहरु फेला परेका छैनन्। उनीहरु साँझसम्म फेला पर्न सकेका छैनन्। बेपत्ताहरुको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले बताए।

अन्य समाचारहरु