टीकापुर – टीकापुरस्थित धनसिंहपुर गाविस वार्ड नं. ३ कर्मीडाडाका १६ बर्षीय मनोज चौधरीको सर्पको टोकाइबाट सोमबार बिहान ६ बजेतिर मृत्यु भएको छ ।
आइतबार राती टीकापुरस्थित आँखा अस्पताल नजिकै बाढी पीडित शिविरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका क्रममा टीकापुर अस्पतालमा उनको मृत्यु भएको हो ।
बर्षा याममा आउने बाढीले सताउन थालेपछि जीउधनको सुरक्षाका लागि उनी शिविरमा बस्दै आएका थिए ।
पानी नपर्दै सपे निस्कनुले अप्रत्याशित भएको टीकापुर अस्पतालका सुपरिटेन्डेण्ट डा नरेन्द्र खनालले बताए । उपचारका लागि अस्पताल आउन ढिलाका कारण उनको मृत्यु भएको बताइएको छ ।



