नेविसंघकाे आयोजना भलिबल प्रतियोगिता हुने

 

-टेकराज भुसाल, बुटवल।

बुटवल। नेपाल बिद्यार्थी संघ (नेविसंघ) लुम्बिनी बौद्धविश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजना भलिबल प्रतियोगिता हुनेभएको छ।

May be an image of 1 person and playing volleyball

मंसिर २० गते बिहिवार सिटी क्याम्पस बुटवल-१२ नयाँगाउमा भलिबल प्रतियोगिता आयोजना गरिएको नेविसंघ सिटी क्याम्पसले जनाएको छ। प्रतियोगितामा सिटी क्याम्पसमा अध्यनरत विद्यार्थीले मात्रै भाग लिन सक्ने छन्।

प्रतियोगिताको विजेताले नगद रु. ४ हजार, उपविजेताले २ हजारसँगै मेडल र प्रमाणपत्र पाउने छन्।

राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै खेलाडी पहिचान तथा कानुनका विद्यार्थीहरूकाे खेलकुद सम्बन्धि रुचिलाई विशेष मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरिएको नेविसंघ रुपन्देही जिल्ला सदस्य सन्देश खनालले जानकारी दिएका छन्।

images

 

images