ओमानबाट रेवती नेपाली आफ्नो मात् भुमि नेपाल फर्कदै

 – शालिक राम आचार्य
 
ओमान मस्कट – २० अप्रिल  २०११  l  ओमानमा बिगत लामो समय देखि बिचल्लीमा परेकी रेवती नेपाली आगामी  २९ अप्रिल २०११,को ओमानएर को बिमान शंख्या WY –  335 T  मा मस्कट ओमान, देखि   काठमाडौँ  नेपाल , फर्कंदैछिन्   l

 

उनको हवाई टिकेट सगरमाथा  समूह ओमानले प्रदानगरे को छ  भने उनको  मुताबिक उनको २५० ओमानी रियल  पनि उनको ओमानी  मालिक ले  दिने कबुल गरेको जानकारी  हामीलाई भयकोछ साथै रेवती नेपाली को श्रीमानले पनि नेपाल बाट रु ५०,००० जति  नेपाली रूपय  पठाए   पछि मात्र उनलाई निकालल्न सजिलो भएको जानकारी प्राप्त भएको छ, रेवती नेपाली बिगत २ महिना देखि ओमान को सोहारबाट पिडित अबस्तामा  फेला परेकी थिइन्  l


 रेवती नेपालीको त टिकेट भयो  उनि लगभग नेपाल जानछिन्  तर ओमानमा  उनि लगाएत करिब २०  जना नेपाली महिला हरु अहिले ओमान को विभिन्न ठाउंहरु र थुनामा रहेकाछन् ती चेलीहरुको उधारको लागि सबै शंघ संस्थाहरुले  नेपाली निकाए को साम्मु   माग राखेकाथिए l  तर  नेपालको सरकारी निकाए र नेपाली दुतावास  साउदी अरबका  कर्मचारीहरुको पास  केहिपनि सुहाउँदो उतर छैन l


 उक्त नेपाली हरु लाई  नेपाल   फ्रकाउनको लागि सगरमाथा समुह  ओमान  को पहल कदममा  एक उच्च स्तरिय समिति बनाउनको लागि चले को कदमलाई सकारात्मक मान्न सकिन्छ  तर यो समिति ले कतिको काम गर्छ यो जान्न बाँकी नै छ कहिँले समिति  बन्नीहो र कहिले नेपालीहरु  को चाहना मा ओमान का शंघ संस्थाहरु उत्रनी हुन्  ?   किन की यहाँ  अबिभाबक सरुप पिडित नेपालीहरु लाई मद्दत गर्न ओमान स्थित नेपाली  शंघ संस्थाहरु रातदिन  नभनी काम मा खटेकाछन l