रौतहट – रौतहटको बिभिन्न स्थानमा भएको सबारी दुर्घटनामा मंगलबार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीय नागरिक र एक नाबालिका समेत छन् ।
स्थानिय चन्द्रनिगाहपुरस्थित चादी पुल नजिक सबारीको ठक्करबाट मंगलबार बिहान बाराको जितपुर घर भएका ५० वर्षीय आलम मियाको मृत्यु भएको प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिए ।
यसैगरी गंगा पिप्रा गाविस-२ की तीन वर्षीया बालिका अनुराधाकुमारी दासको ना ३ त २३११ नम्बरको ट्रयाक्टरले किचेर साँझ मृत्यु भएको प्रहरी निरीक्षक मनोहर झाले बताए ।
यसैगरी जिल्लाको पतौरा गाविसस्थित बकैया नदीको किनारमा बाँध निर्माणमा खटिएका २८ वर्षीय भारतीय नागरिक शिबप्रकाश डाँटको ट्रयाक्टरले किचेर साँझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



