मान बहादुर थापा र उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स बिशेष डेस्क-२७ अप्रिल-आबुधाबी -नेपाली कांग्रेसको अन्तरास्ट्रिय भात्री संगठन नेपाली जनसम्पर्क समिति युएईले गत शुक्रबार ग्रीन सिटी अलैनमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । यूएई प्रवासमा रहेका नेपाली कांग्रेस समर्थकको सान्दार उपस्थितिले गर्दा बनभोज कार्यक्रमले रङ थपेको थियो।
कार्यक्रमलाई थप रोचक र मनोरन्जन दिने अभिप्रयाले समितिका केन्द्रिय कोषाध्यक्ष गुन्जमान गुरुङ्ले आफ्नै लय र स्वर तालमा गीत गाउदै र न्रित्य प्रस्तुत गर्दै सबैलाई मनोरन्जन दिएका थिए ।
कार्यक्रममा केही दिन अघीको एक सास्कृतिक कार्यक्रमका लागि नेपाल देखी आएका ख्याती प्राप्त लोक पप कलाकार डम्मर नेपालीको प्रस्तुतिले उपस्थित सबै महानुभाब हरुलाई मोहित एवम समय समयमा भाबुक समेत बनाएको थियो। उता यूएईको एक मात्र दोहोरी साझ याक एन्ड यती रेस्रुरेन्टका लोक गायक नेत्र भण्डारी,सन्तोष पौडेल लगायतका अथिती कलाकार हरुबाट समेत दर्सक हरुलाई मनोरन्जन प्रदान गरिएको थियो|
उक्त कार्यक्रमलाई सफल बनाउनको लागि केन्द्रिय कोषाध्यक्ष गुन्जमान गुरुङ,कार्यक्रमको सम्योजक राजकुमार रानाभाट,अबुधाबी क्षेत्रिय अध्यक्ष कृष्ण गौतम,दुबई क्षेत्रिय अध्यक्ष मनोज गोर्खाली,दुबई क्षेत्रिय सचिब गोपाल कंडेल,केन्द्रिय उपसभापती भुवानी तिमील्सिना,अलैन क्षेत्रिय अध्यक्ष रुद्र भट्टराई अलैन क्षेत्रिय सल्लाहकार अनिल पाण्डे, बाल कृष्ण खड्का र गोपाल गुरुङको बिशेष भूमिकामा सो बनभोज कार्यक्रम सम्पन्न भएको जनाइएको छ।साथै जनसंपर्क समिती यूएईका केन्द्रिय र क्षेत्रिय सबै पदाधिकारीकोहरुको समेत उल्लेखनिय सहयोग प्राप्त भएको जानकारी समितिका सभापति केसिले दिए।
उपस्थित सबै सहभागीहरुले सो बनभोज कार्यक्रम युएईमा अहिले सम्म भएको सबै भन्दा ठुलो जनसहभागीता र एतिहासिक भएको दावी गरेका थिए।
समिती गठन भएको छोटो समयमा सम्पर्क समितिको यो सहभागीताले युएईमा भएका नेपाली कांग्रेस समर्थकलाई निकै उत्साह र थप हौसला समेत प्रदान गरेको महसुश समितिका पदाधिकारीले गरेका छन।
आफ्नो स्थापना काल देखीनै युएईमा रहेका कुनै पनि नेपाली हरुलाई कुनै किसिमको समस्या आईपर्छ भने यहाँ रहेका सबै संघसस्था सँग एकआपसमा हातेमालो गर्दै अगाडि बढने समितिको उदेस्य रहेको कुरा सभापति केसिले बताए।साथै जनसम्पर्क समितिले कुनै दल बिशेषको भात्री सगठन भए पनि प्रवासमा अर्हेका नेपाली बिच यस्ले सामाजिक सेवा गर्नु पर्ने दायित्व लाई प्राथमिकता मा राखेको उनको दावी छ।
आगामी दिनमा समेत अन्य यस्तै र सामाजिक तथा सास्कृतिक कार्यक्रम गरेर सबै युएईमा रहेका नेपाली सँग सहकार्य गर्दै जाने जनसम्पर्क समितिको चाहना र उदेस्य रहेको केसी ले थपे। अन्त्यमा उपस्थित सबै अथिती महानुभाबहरुलाई केन्द्रिय सभापती केसिले धन्यवाद एवम आभार प्रकट गर्दै समापन गरेका थिए।
कार्यक्रममा संम्पर्क समितिका ४०८ जना समर्थकहरुको सहभागीता भएको जानकारी समितिका केन्द्रिय सभापति चित्र बहादुर केसिले जानकारी दिए।कार्यक्रममा युएईमा रहेका नेपाली कांग्रेस समर्थकहरुको मात्र उपस्थिती रहेको थियो|कार्यक्रमको सभापतित्व केन्द्रिय सभापति चित्र केसिले गरेका थिए भने प्रमुख अथीतीको रुपमा एनराएनआईसिसीका कोषाध्यक्ष श्री रामेस्वर शाह रहेका थिए।कार्यक्रमको सन्चालन महामन्त्री मिन रानाभाट र दुबइ क्षेत्रिय समितिका सचिब गोपाल कंडेलले सम्युत्त रुपमा गरेका थिए।
प्रवासी जीवनमा यस्तो खालको बनभोज कार्यक्रमको महत्व आँफैमा सर्वोपरी भएकोले ब्यबस्थित तरिकाले कार्यक्रम सम्पन्न भएको प्रती कार्यक्रममा सहभागीहरुले सन्तुस्टी प्राप्त गरेको अर्घाखाँची टाईम्स यूएई डेस्क लाई प्रतिकृया दिए।