रुपन्दहीमा सरकारी विद्यालयले बेच्नथाले क्यालेन्डर, विद्यार्थिहरु मर्कामा

– कृष्ण खनाल

 

बुटवल १४ वैशाख    । निजि विद्यालयहरुदले आफ्नो विद्यालयहाताभित्रै पुस्तकको व्यापार गरिरहेका समाचारहरुले मिडीयामा राम्रै  स्थान पाईरहेको छ । निजि विद्यालयले जस्तै पुस्तकको व्यापार गर्न नपाएका यस क्षेत्रका सामुदायिक विद्यालयले विद्यार्थिबाट पैसा असुल्ने नया पाटो रोजेका छन । त्यो हो  क्यालेन्डर  विकि्र । ं बाहिर बजारमा सामान्यतया न्युनतम १५ रुपैयामा पाईने क्यालेन्डर विद्यालयहरुले शैक्षिक क्यालेन्डरको नाममा करिव तेब्बर पैसा लिएर विद्यार्थिहरुलाई अनिवार्यरुपमा क्यालेन्डर विकि्र गरिरहेका छन । यदि कुनैपनी विद्यार्थिले आफुले क्यालेन्डर लिन नचाहेपनी विद्यार्थि भर्ना तथा नाम नविकरण गर्दा विलमानै क्यालेन्डर सुल्क लेखेर विल दिने गरेका छन ।

 

त्यस्तै क्यालेन्डरको विकि्र गर्ने एक विद्यालय हो बुटवल – १२ कालिकानगरमा रहेको कालिका उच्च मा वि यसले विद्यार्थिहरुबाट क्यालेन्डर वापत अनिवार्यरुपमा विद्यार्थिहरुबाट पैसा असुल्ने गरेको छ ।

 

उक्त विद्यालयले विगतका बर्षमा अनिवार्यरुपमा विद्यार्थिहरुलाई क्यालेन्डर बेच्ने गरेको यो विद्यालयले अहिले पनी आफ्नो सो कार्य दोर् याएको छ ।

 

  विद्यार्थिहरुलाई अनिवार्यरुपमा विद्यालय पोसाकमा विद्यालय आउनुपर्ने भन्दै विद्यालयबाट नै टाई वेल्ट र जाडोको लागि स्वीटर  वेचेको गरेको थियो । बाहिर बजारमा करिव १५ रुपैयामा नै एउटा सामान्य क्यालेन्डर पाउने गरिन्छ तर कालिका उच्च मा वि मा भने क्यालेन्डर सुल्क वापत ५० रुपैया लिने गरेको छ  ।  कुनै पनी विद्यार्थिहरुले क्यालेन्डर लिन नचाहेमा पनी उसलाई अनिवार्य रुपमा पैसा वुझाउनु पर्ने हुन्छ । विद्यालयका प्रचार्य घनश्याम पाठकले विद्यालयमा भर्ना भएका एक घर परिवारबाट ३ जना विद्यार्थि बरावार १ क्यालेन्डर अनिवार्यरुपमा क्यालेन्डर विद्यार्थिहरुले लैजानुपर्ने बताए । उनले शैक्षिक क्यालेन्डर भएको कारण विद्यार्थिहरलाई यसैवाट धेरै कार्यहरु तयहुने भएको कारण अनिवार्य गराईएको बताए । उनले भने – यो शैक्षिक क्यालेन्डर हो यस्मा भएको कुराहरु हामिाले लागु गर्देछौ । उनले राष्ट्रिय स्तरबाट तय गरिएका कार्यक्रमहरु परिर्वतन हुने गरेको तर आफुहरुले भने कार्यक्रमहरु कार्यनय्नन गर्ने दावि गरे । के विद्यार्थिहरुले अनिवार्यरुपमा क्यालेन्डर किन्नुपर्नेहो भन्ने टुडेकर्मीको जिज्ञासामा उनले प्रतिप्रश्न गर्दे भने – शैक्षिक क्यालेन्डरहो त्यो ता किन्नुपर् यो नी  उनले आफुले करिव १५ सय क्यालेन्डर तयार पारेको र अझै सवै क्यालेन्डर विद्यालयमा नआएको बताए । किती रुपैयामा क्यालेन्डर बेच्नुभएको छ भन्ने थप जिज्ञासामा उनले आफुहरुलाई अझै विल नआएको कारण यती रुपैया भन्ने निश्चीत नभएको बताए ।  उनले  यसरी सम्पुर्णकार्यक्रम हरु अनिवार्यरुपमा लागु गर्ने दावि गरेको भएपनी   क्यालेन्डरमा भएका कार्यक्रमहरु लागु नभएको विद्यार्थिहरुको गुनासो रहेको छ ।   कालिका उच्च माविमा कक्षा १२ मा अध्ययन गर्ने सरोज शर्माले गएको् बर्षमा शैक्षिक क्यालेन्डरमा भएका सुक्रवार आयाृेजना गरीने अतिरीक्त कार्यक्रम मध्येमा केहि मात्र कार्यान्यन भएको बताए । उनले भने – करिव ५० प्रतिशत मात्र कार्यान्यनृ भएको थियो की  त्यही पनी भएन होला ।

 

आर्थिक अभावकाृ कारण नजि विद्यालयमा अध्यायन गर्न नसक्ने विद्यार्थिहरुको लागी सामुदायिक विद्यालय रोजाईमा पर्ने गरेको भए पनी अहिले सामुदायिक विद्यालयहरुले नै विद्यार्थिहरुको आर्थिक शोषण गरिहेका छन ।

अन्य समाचारहरु