– कृष्ण खनाल
बुटवल २० वैशाख । नेपाल खेलकुद पत्रकार मच रुपन्देहीमा नया नेतृत्व चयन भएको छ ।
बुटवलमा मगलबार भएको खेलकुद पत्रकारहरुको भेलाले पुरानो कार्यसमितिलाई पुर्नगठन गरी सुमन अधिकारीको अध्यक्षतामा माच पुनर्गठन गरिएको हो ।
नवगठित माचको उपाध्यक्षमा रवि पन्त सचिवमा सुरज भण्डारी सहसचिवमा सीपी खनाल कोषाध्यक्षँ दिपक घिमिरेलाई निविर्रोध चयन गरेको हो । त्यस्तै सदस्यहरुमा विश्वास ढकाल स्वस्तिक श्रेष्ठ लोक गुरुङ भरत अधिकारी प्रकास पान्डे तेजेन्द्र केसी भेषराज कार्की र अरुण ज्ञवलीलाई सदस्यमा चयन गरेको छ ।