चोरेर भाग्दा लडेर मृत्यु

– कृष्ण  खनाल

 

बुटवल २२ बैशाख ।  शिद्धवावा मन्दीरमा जन्ती गएकाको नगद र जिन्सी सामान चोरी भाग्ने क्रममा बिहीबार पाल्पाको दोभान गाविस ५ चिडीमाडी सामुदायीक बनमा लडेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।

 

शिद्धवावा मन्दीरमा बिबाहको जन्ती गएका दुध्रराक्ष रुपन्देहीका रमेस खड्का कमला घिमीरे र रेखा घिमीरेको नगद तथा गरगहना चोरी जगंल तर्फ भागेका बुटवल नगरपालीकाका असोक थापाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउसो दुईबजे ११ हजार बढी नगद सुनको सिख्री र एक सेट मोवाईल चोरी उनिहरु शिद्धवावा जगंल तर्फ भागेका थिए । चोरी भएको उक्त सामान प्रहरीले उनिहरुसगैबाट बरामद गरेको छ । उनिहरु सिद्धवावा नजीक पावर हाउस तर्फ घुम्न गएको बेला लुटीएका थिए । प्रहरीका अनुसार भिरबाट लडाई दिने धम्की दिदै उनिहरुले नगद तथा गरगहना लुटेका थिए । खड्काको साथबाट ११ हजार नगद सिख्री तथा मोवाईल सेट कमलाको १ हजार र रेखाको ८ सय रकम लुटी उनिहरु भाग्ने क्रममा जगंल तर्फ लागेका थिए ।

 

प्रत्यक्ष दसर्िहरुका अनुसार त्यसको केहीवेरमा नै उनिहरुलाई प्रहरी र जन्ती आएका केहीले पिछा गर्दै जगंल तर्फ गएका थिए । चिडीमाडी जगंलमा प्रहरी र जन्ती आएकाले पिछा गर्दै जादाँ उनको भाग्ने क्रममा  भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

अन्य समाचारहरु