– उमाकान्त पाण्डे ‘गाउंले’/ महेन्द्र बस्याल
अर्घाखाँची टाईम्स यूएई डेस्क – रोजगारीका लागी छिमेकी मुलक भारत गएका एक नेपाली युवाको रेल दुर्घटना परी निधन भएको खबर प्राप्त भएको छ। रोजीरोटीका लागी अप्रिल महिनाको २४ तारिख भारतको तामिलनाडु राज्यको चेन्नई शहरमा पुगेका गुल्मी खड्ककोट ८ का रामु थापा त्यहा पुगेको अर्को दिन देखी हराएका थिए।
हराएपछी वेवारिश भएका थापा लाई उनका आफन्त तथा भारत मुलप्रवाह समितीका सदस्यहरुको पहलमा खोजी गर्ने क्रममा उनको निधन भएको खबर प्राप्त भएको हो। चेन्नईको कुमारनगर बाट हराएका उनलाई खोजकार्य गरीरहदा सोलिङ्गार पुलिश स्टेसन बाट प्राप्त जानकारी अनुसार थापाको रेल गूड्ने लिगमा परी निधन भएको त्यहा स्थित स्थानिय प्रशाशनले जनायो।
खोज अनुसन्धान गर्दै जादा अखिल भारत मुल प्रबाह पुर्व नगर अध्यक्ष झवीलाल पोख्रेल,कर्ण थापा,यमुना थापा,उत्तर नगर समितिका अध्यक्ष ज्योति नारायाण शर्मा,पस्चिम नगर समितिका दाँयाराम खनाल,तथा मृतकका पिता विशान थापाको सकृयतामा शब खोज्ने क्रममा अप्रिलको २५ तारिख चेन्नईको हारवार नजिकै विच स्टेशनमा रेल दुर्घटनामा पारी मृत्यु भएको पुस्टी भएको हो।
थापाको मृत्यु भए पछी रेल्वे पुलिशले उनको शबलाई राजिव गान्धी हस्पिटलमा राखिको तर मृत्युको महिना दिन बिती सक्दा मृतकको शब कुहिएर गलीसकेकोले पहिचान गर्न नसकिए पनि पुलिश सँग रहेको दुर्घटनाका तस्विर हेरे पछी मृतकका पिता बिशान थापाले सनाखत गरेको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा परी ज्यान गुमाएका थापाको अन्तिम दाहसस्कार मुल प्रवाह अखिल भारत एकता समाजको बिशेष पहलमा मृतकका आफन्तजनको उपस्थितीमा किस्नापेट स्थलमा गत मंगलबार दाहसस्कार गरिएको छ। यसै बिच मुल प्रवाह अखिल भारत एकता समाजले एक प्रेस बिज्ञप्ती जारी गर्दै मृतक थापाको दिवगंत आत्मको चिरशान्तीको कामना गर्दै शोक शन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।