दोलखा – चट्याङ लागेर बुधबार राति दोलखा, तनहुँ र नवलपरासीमा चार जनाको मृत्यु भएको छ । तनहुँको भगवतीपुर-३ का सासु वुहारीको मृत्यु भएको छ ।
साँझ ६ वजेतिर पानी सहित परेको चट्याङ्गले ८० वर्षीया सासु खिना र ४५ वर्षीया वुहारी बेजि स्वाँरा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भित्र वसी रहेको अवस्थामा परेको चट्याङ्गले एउटा गोरु समेत मरेको छ ।
घरभित्रको विद्युत मिटर वक्समा चट्याङ्ग परेको प्रहरीले जनाएको छ । उनीहरुको बिहीबार पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ ।
परासीमा आमाछोराको मृत्यु
परासी – परासीमा बुधबार राति परेको चट्याङ लागेर यहाँका दुई जनाको मृत्यृ भएको छ । नयाबेलहानी ८ अरुणखोलाका बस्ने आमाछोराको मृत्यु भएको हो । अन्य दुई जनाको अवस्था गम्भीर छ ।
चट्याङ लागेर अरुणखोला बस्ने ४५ वर्षीया बुद्धिमाया थापा र उनका १२ वर्षीय छोरा सन्नि थापाको मृत्यृ भएको नवलपरासी प्रहरीले जनाएको छ । सोही चट्याङ्ग लागेर थापाकै छोरा र छोरी २२ वर्षीया उत्तम थापा र १५ वर्षीया मिथुन थापा गम्भप्र घाइते भएका छन् । दुवैको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै वडा नं ६ र ७ का ६ जना घाइते भएका छन् । दुई दिन देखि विभिन्न स्थानमा परेको चट्याङले माइक्रो हाइड्रोपावर अवरुद्ध भएको छ । त्यस्तै इन्टरनेट र अन्य विद्युतीय सामग्रीमा क्षति पुगेको छ ।



