– कृष्ण खनाल
बुटवल १० जेठ ,बुटवल ९ दिपनगरको एक मात्र पहिचान बोकेको दिप प्राथमिक विद्यालयमा अहिले विद्यार्थिको संख्या न्युन रहेको छ । सुरुवातमा मन्दिरको जग्गामा विद्यार्थिहरुलाई शिक्षा प्रदान गरेर सुरु भएको उक्त विद्यालयमा पछिल्लो समयमा विद्यार्थिहरु को संख्या कमी हुदै गएको हो ।
यसरी विद्यालयमा विद्यार्थिहरुको संख्याया न्युन हुनको कारण करिव १० बर्षपहिला सुकुम्वासी बस्तीको रुपमा रहेको दिपनगर क्षेत्रमा वासोवास गर्ने सुकुम्वासीहरु बुटवल १३ देविनगरमा बर्साई सरेको कारण विद्यार्थिहरुको संख्या कम हुदै गएको विद्यालयको ठम्मयाई रहेको छ । वि.स. २०४५ सालमा स्थापना भएको विद्यालय दिपगरकै पहीलो विद्यालय हो ।
दिपनगरमा सुकुम्वासी बस्ती बाट विस्तार आवास क्षेत्रको रुपमा परिणत हुदै गएको कारण विद्यालयमा अध्ययन गर्ने अधिकांस सुकुमबासि जनाताको छोरोछोरीहरु आफ्ना आमा बुबा संग बर्साई सरी गएको कारण पछिल्लो समयमा विद्यार्थिहरुको संख्या क्रमस न्युन हुदै गएको हो । दिपनगरमा व्यवस्थीत बस्ती बस्नु भन्दा पहिला स्थापना भएयको उक्त विद्यालय भन्दा पछि स्थापना भएका अन्य विद्यालयहरुले आफुलाई समय अनुकुल अगाडी बर्ढाईरहेको समयमा प्राथमीक विद्यालयको रुपमा स्थापना भएको उक्त विद्यालय अहिले सम्म पनी प्राथमिक विद्यालयकै रुपमा रहेको छ ।
विद्यालयकी प्रध्यानध्यापिक निर्मला वस्याल ले विद्यलयमा विद्यार्थिको संख्या कमी हुनुको कारण विद्यालयको भौतीक अवस्था राम्रो नभएको कारण नभई विगतका बर्षा सुकुम्वासी बस्ती हटेको कारण विद्यार्थिको संख्या समेत कमी आएको हो । विद्यार्थि घट्नुको कारण बारे स्पष्ट पार्दै उनले भनिन् पहिला सुकुम्बासी जनताका छोरो छोरीले पढ्ने गरेको विद्यालय को वरपर धनी मानिसहरु बसोवास गर्ने र उनीहरुले निजी विद्यालयमा पढाउने गरेको कारण विद्यार्थिहरु कमी भएका हुन ।
अहिले उक्त विद्यालयमा वि.स. २०५० सालबाट एक मात्र पुरुष प्रध्यानाध्यापक चन्द्रकान्त पाण्डे सरुवा भएर गएपछी अहिले महिला शिक्षीकाहरुले मात्र पर्ढाईरेका छन । कक्षा शिसु देखि २ कक्षा सम्म अ