लागु औषध चरेस लिएर भारततर्फ जाँदै गरेका दुई नेपाली महिला सिमावर्ती भारतको सुनौली बजारमा पक्राउ

भैरहवा  – लागु औषध चरेस लिएर भारततर्फ जाँदै गरेका दुई नेपाली महिला बिहीबार बेलुका सिमावर्ती भारतको सुनौली बजारमा पक्राउ परेका छन् । 

रिक्साबाट बेलहिया हुँदै भारत प्रबेश गर्ने क्रममा रहेका ति महिला भारतीय प्रहरीको चेकजाँचका क्रममा पक्राउ परेका हुन् । उनीहरुबाट १४ किलो ८ सय ग्राम चरेस बरामद भएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बुटवल नगरपालिका १४ की फुलबारीकी कुमारी थापा र बीरगन्जकी निर्मला रेग्मी छन् । दुबैले भारत गोरखपुरसम्म चरेस पुर्याए बापत ६५ हजार दिने बताए अनुसार चरेस लिएर डिहेको बयान दिएको पनि भारतीय प्रहरीले बताएको छ ।

अन्य समाचारहरु