अर्घाखाँचीको धारापानीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुँदै

 

-गोपाल प्रसाद भट्टराई।

फागुन–९,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान–४ धारापानीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

भूमिकास्थान नगरपालिकाको मुख्य आयोजना, देउराली यातायात प्रा.ली.अर्घाखाँचीको सह–आयोजना र मेडिटेक इन्टरनेश्नल हस्पिटल एण्ड रिर्सच सेन्टर बुटवलको सहयोगमा शनिवार बिशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

निःशुल्क स्वास्थ्य शिविर | Nagarik News

शिविरमा मेडिटेक अस्पतालका विशेषज्ञ डाक्टरहरुद्धारा फिजिसियन सेवा, हाडजोर्नी तथा नसारोगको उपचार सेवा, स्त्री तथा प्रसुतीरोगको उपचार सेवा, नाक, कान तथा घाटी रोग विशेषज्ञ सेवा, सर्जरी सेवा, इसीजी तथा अल्ट्रासाउण्ड सेवा, ल्यावसेवा र आवश्यक औषधि बितरण सेवा प्रदान गरिने भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बताउनुभएको छ ।

 

images

यहि फागुन १० गते बिहान ८ बजेदेखि धारापानी स्वास्थ्यचौकीको प्राङ्गणमा शिविर संचालन हुने स्वास्थ्यचौकी प्रमुख रामु के.सी.ले जानकारी दिनुभएको छ ।

ग्रामिण तहमा हुने बिशेषज्ञ सहितको शिविरमा गएर स्वास्थ्य जाँच गराई लाभ लिनुहुन आम नगरवासीलाई भूमिकास्थानका प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले अपिल गर्नुभएको छ ।

images

 

images