विषालु च्याउ खाँदा धादिङका दुई जनाको मृत्यु

धादिङ  – विषालु च्याउ खाँदा धादिङ जिल्लाको सेम्जोङ- २ का दुई जनाको मृत्यु
भएको छ । अन्य तीन जना विरामी परेका छन् ।

शुक्रवार बेलुका जंगलबाट ल्याएको विषालु च्याउ खाएपछि सेम्जोङ ४ का ६३ वर्षीय
सार्की सुनार र उनका नातेदार कटुञ्जे थर्पुका कान्छा सुनारको मृत्यु भएको प्रहरीले
जनाएको छ ।

यसैगरी च्याउ खाएर सेम्जोङ गाविस वडा नम्वर ४ का शान्ति सुनार, मन्थ सुनार र
कृष्णमाया सुनार विरामी परेका छन् । उनीहरु एकै परिवारका भएको बताइएको छ ।

च्याउ खाएर विरामी परेका तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङवेसी
लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताए ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

अन्य समाचारहरु