– कृष्ण खनाल
बुटवल ३९ जेठ । बढ्दो गर्मिको कारण अन्य स्थानहरुमा खाने पानीको शमश्या झेलिरहेको समयमा रुपन्देहीको सालझडीका वासिन्दाहरु भने खानेपानीको समश्या बाट टाढा रहेका छन । आर्थिक बर्ष २०५७,५८ मा सुरु भई ०५९,६० मा सम्पन्न भएको खानेपानी आयोजना बाट २४ सै घण्टा खानेपानी आपुर्ति भएको कारण उनीहरुलाई समश्या नआएको हो ।
आभर हेड पम्पीङ खानेपानी आयोजना अन्र्तगत रहेको उक्त खानेपानी आयोजनाबाट २ सय ५ धारा हरु जडान गरिएको छ । दैनिक रुपमा २० हजार २ सय २८ लिटर पानी वितरण हुने गरेको खानेपानी योजना नेपाल सरकारको २१ लाख ५० हजार ९ सय र जनश्रमदान २ लाख ९६ हजार ४ सय ८८ रुपैया लागत मा निर्माण भएको खानेपानी सरसफाई सव डिभिजन कार्यालय का नन्दलाल बंजाडेले जानाकारी दिए । उनका अनुसार यो खानेपानी योजना एउटा नमुना खानेपानी आयोजनाको रुपमा लिइएको छ ।



