आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य घट्यो युरो, पाउन्डसहितका मुद्रा भने महँगिए

 

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ १४ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६६ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ९५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ८१ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा थियो।

images

आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ २० पैसा छ। हिजो  कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ५६ पैसा थियो।

images

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

images

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

Nepal life insurance

अन्य समाचारहरु