सर्लाहीमा एक युवाले दाजु भाउजुको हत्या गरि आफूलेपनि आत्महत्या गरे

– अमन कोइराला

सर्लाही – सर्लाहीको राजघाट गाबिस, १ मा आज(मंगलबार) बिहान एक युवाले दाजु भाउजुको हत्या गरि आफूलेपनि आत्महत्या गरेका छन् ।

बिहान खेतमा काम गरिरहेको अबस्थामा प्रदिप माझीले दाजु प्रकाश र भाउजु रिताको बन्चरोले हानेर हत्या गरेका थिए । हत्या लगत्तै उनले बिष सेवन गरेको राजघाट प्रहरी चौकीका सहायक निरीक्ष्ाक चन्द्रबहादुर श्रेष्ठले बताए ।

बिष सेवनबाट प्रदिपको पनि केहीबेरमा मृत्यु भएको थियो । स्थानीय बासिन्दाका अनुसार अंशको निहुंमा प्रदिप र उनका दाजु भाउजु बिचमा बिबाद भएकोले घट्ना भएको हुन सक्छ ।

अन्य समाचारहरु