निवृत्त राष्ट्रसेवक समाज भूमिकास्थानको अध्यक्षमा शर्मा निर्वाचित

 

गोपालप्रसाद भट्टराई

फागुन-२५,अर्घाखाँची- निवृत्त राष्ट्रसेवक समाज नेपाल भूमिकास्थानको अध्यक्षमा राजेन्द्र कुमार शर्मा निर्वाचित हुनुभएको छ ।

May be an image of 4 people and text

आइतबार पोखेडाडाको सभाहलमा सम्पन्न तेस्रो पालिका अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा २१ सदस्यीय भूमिकास्थान नगर स्तरीय समिति गठन गरेको हो ।

May be an image of 5 people and text

जसको उपाध्यक्षमा खुम बहादुर पून, सचिवमा चन्द्र प्रसाद श्रेष्ठ, सह-सचिवमा हिमलाल खनाल र कोषाध्यक्षमा महेश भुसाल निर्वाचित हुनुभएको छ ।

May be an image of 7 people

भूमिकास्थान नगरप्रमुख झविलाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवृत्त राष्ट्र सेवक समाजका केन्द्रीय सह-अध्यक्ष विष्णु प्रसाद बस्याल, जिल्ला सचीव कमल प्रसाद घिमिरे, सह-सचिव हरी दमासे र कोषाध्यक्ष नेता भुसाल लगायतले सम्बोधन गर्नुभएको थियो ।

May be an image of 11 people

कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले नेपालको विकास र जनसेवामा निवृत कर्मचारीहरुको भूमिका उल्लेख्य रहेको स्मरण गर्नुभयो । भूनपाको समृद्धिका निम्ति निवृत्त राष्ट्रसेवकको अनुभव र क्षमताको सदुपयोग गर्ने उहाँको वचन छ ।

May be an image of 5 people and text

निवृत राष्ट्रसेवक समाजको सस्थागत विकासमा समेत सक्दो सहयोग पुर्याउने नगरप्रमुख थापाको प्रतिबद्धता रहेको छ ।

May be an image of 10 people

जिवनको उर्वर एवं सिर्जनशिल समयलाई राष्ट्र सेवामा व्यतित गरि सेवा निबृत्तपछि अनुभव र दक्षताले भरिएको बाँकी जिवनलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पुर्याउने उद्देश्यले समाजको स्थापना गरीएको समाजका नेताहरुले बताउने गरेका छन् ।

अन्य समाचारहरु