-शालिक राम आचार्य
ओमान – मस्कट २० जुन २०११ – ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्तरगत पर्ने ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समितिले आफ्ना कर्मठ कार्यकर्ता लाई नव प्रगति को सुभकामना दिदै ओमान बाट बिदा गरेको छ l
ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समिति का सचिब बसन्तराज पन्त तथा कोषा अध्यक्ष दीपक कुंवर लाई एक साधारण सभा गरि एरिया समिति ले बिदाई कर्यक्रम गरेको थियो उक्त कार्य क्रममा केन्द्रिय माहा सचिब शालिक राम आचार्य ,केन्द्रिय कोषा अध्यक्ष विष्णु अर्याल, ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समितिका अध्यक्ष धन बहादुर क्षेत्री, उपा अधक्ष्य महेन्द्र राईका मगर, साह सचिब रुप लाल पाण्डे , केन्द्रिय समिति का सदस्य हरु र एरिया समिति का सदस्य हरु को उपस्थिति रहेको थियो |
अध्यक्ष धन बहादुर क्षेत्रीले बसन्त राज तथा दीपक को बिदाई मन्तब्य राखी अघिका दिनहरु मा पनि नेपाली एकता समाजको झन्डा लाई नछोडी संसार को कुनै पनि मुलुकमा गएपनि मजदुरहरुको हक र हित का लागि सधै लडी रहन को लागि अनुरोध गरेका थिय |
केन्द्रिय माहा सचिब शालिक राम आचार्यले भने अनुसार मस्कटमा बसन्त भनेर नचिन्ने हरु साएद नै कोहि होला ! सबै लाई एकताको धागोमा बाँदने प्रयाश को नतिजा सरुप नै ओमान नेपाली एकता समाजले अल-खोइयर एरिया समिति को गठन गरेको थियो बसन्त राज पन्त को परिश्रम नै थियो जसले गर्दा ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समितिलाई ओमान मा सबैले चिन्दछन् आज ओमान नेपाली एकता समाजले आफ्ना कर्मठ योद्धाहरु लाई उनको सुखद भबिस्य को कामनागर्दै उहाँ हरु लाई सुभकामना टकराऊँछु |
केन्द्रिय कोषा अध्यक्ष विष्णु अर्यालले बताए अनुसार ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समिति का सचिब बसन्तराज पन्त ओमान एकता समाज मा सुरु देखिनै लागिरहनु भयको छ एक साधारण सदस्य बाट २००९ देखि ओमान नेपाली एकता समाजमा लागेर एरिया सचिबमा पुग्नु भयको छ आशा छ आगामी दिन हरु मा पनि यहाँहरु यसै उदारताको परिचय दिई रहनु हुनेछ | यसै गरि कार्यक्रम मा अन्य बक्ता हरु ले पनि सुभकामना प्रदान गरेका थिय
दुबै कार्यकर्ता हरु लाई ओमानी खंजर ओमान को निसानी प्रदान गरि बिदा गरेका थिय |
कोसको हिसाब को जिम्मा सह सचिब रुप लाल पाण्डे लाई नव कोसा अधक्ष्य न चुनिन जेल को लागि दिईएकोछ र यसै मंच बाट समितिको भेला तथा समिति को पूर्णगठन आगामी दिन मा चांडई नै गर्ने घोषणा गरेको छ |



