ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समीतीमा भिम प्रशाद भट्टराई चयन

-शालिक राम आचार्य
 
ओमान  – मस्कट     १७, जून २०११ –   गरिब नेपालीहरुको हरेक सुख दुखमा हाते मालो गरदै  बढेको ओमान  नेपाली एकता समाज  केन्द्रिय समिति अन्तरगत पर्ने ओमान नेपाली एकता समाज अल-खोइयर  एरिया समिति को प्रथम भेला सम्पन्न भएको छ । 
  
उक्त भेला को अध्यक्षता ओमान नेपाली एकता समाज  अल-खोइयर  एरिया समितिका जेष्ट  सदस्य राम चन्द्र ज्ञावली  ले गर्नु भयको थियो भने केन्द्रिय सचिब  धन बहादुर क्षेत्री ले  संचालन गर्नु  भएको थियो  ।
प्रमुख अतिथिमा अन्तराष्ट्रिय नेपाली एकता समाज का केन्द्रिय सदस्य तथा  ओमान  नेपाली एकता समाज केन्द्रिय समिति का अध्यक्ष शोभाकान्त लामीछाने रहनु भयको थियो, साथै अतिथि हरुमा ओमान  नेपाली एकता समाज केन्द्रिय समिति का माहा सचिब शालिक राम आचार्य,  ओमान  नेपाली एकता समाज केन्द्रिय समिति का कोषा अध्यक्ष विष्णु अर्याल रहनु भयको थियो   उक्त भेला मा  उपा अधक्ष्य महेन्द्र राईका मगरले प्रगति विवरण पेश गर्नुभयको थियो भने , सह सचिब रुप लाल पाण्डे ले आर्थिक  विवरण प्रुस्तुत  गर्नु भएको  थियो गत महिना कोषा अधक्ष्य दीपक कुँवर नेपाल फर्के पछि कोस़ा  अधक्ष्यको जिम्मा उहाँलेनै हेर्नु भयको थियो  |

 उक्त भेलाले पुरानो समिति लाई बिघटन गरि  ब्यापक छलफल र  सर सल्लाह पछि   नव समिति को पूर्णगठन  गरेको छ

  नव कार्य समितिमा  ओमान  नेपाली एकता समाज अल-खोइयर  एरिया समितिमा अदक्ष्य को लागि भिम प्रशाद भट्टराई निरबिरोध   चुनिनु भएको छ   |

  उपा- अध्यक्ष  रुप लाल पाण्डे , सचिव  रघु अधिकारी  ,  कोषाअधक्ष्य राम थापा,  चुनिनु भयकोछ यसै गरि  सदस्य हरु मा धन बहादुर श्रेष्ट , राम चन्द्र ज्ञावली ,   महेन्द्र राईका मगर,  दिल  बहादुर कुँवर, विक्रम तामांग , कैलाश श्रेष्ट , हरि शिंग  रहनु  भएको छ  सल्लाहकार मा   धन बहादुर क्षेत्री  हुनुन्छ र बैकल्पिक  सदस्य मा जित बहादुर सोनार  रहनु भएको छ  | 
नव पदाधीकारी हरु लाई  सुभकामना ज्ञापन  गर्दै  ओमान मा नेपाली हरु को जल्दो- बल्दो समस्या देखि संसार का मजदुर हरु को हक र हित को लागि लडी रहनु परेको  बारेमा  प्रकाश पार्दै अन्तराष्ट्रिय नेपाली एकता समाज का केन्द्रिय सदस्य तथा  ओमान  नेपाली एकता समाज केन्द्रिय समिति का अध्यक्ष शोभाकान्त लामीछाने ले सम्पूरण नेपाली हरु ले कम्मर कस्नु परेको जानकारी गराउनु भयो |