हङ्कङ नेपाली महासंघको १२ औ संघीय भेला सम्पन्न

यूएई डेस्क -२६ जुन हङ्कङ,-सस्थाको अध्यक्ष प्रदिप थापामगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि हंगकंगस्थित नेपाली महाबाणिज्यदुत विनोद कुमार उपाध्याय रहेका थिए भने अन्य विशेष तथा अतिथितिहरुमा आदिवासी महासंघ हंगकंगका अध्यक्ष एमबि थापामगर,एनआरएनका अध्यक्ष दुर्गा बहादुर गुरुङ,चेम्बर अफ कमर्शका डासुराम पराजुलि, बृटिस गोर्खा भुपु सैनिकका अध्यक्ष हेम प्रताप गुरुङ,भारतिय भुपु गोर्खा सैनिकका अध्यक्ष जंग बहादुर गुरुङ,हंगकंग एकिकृत समाज (हिन्स)का अध्यक्ष बुद्दि बहादुर थापा,नवो दुद्द आमा समुहका उपाध्यक्ष लगायत हंगकंग नेपाली पत्रकार संघका अध्यक्ष किसन राई,महासंघका बरिष्ठ सल्हाकार तथा निबर्तमान अध्यक्ष हेम लिम्बु,सल्हाकार तथा भुपु अध्यक्ष हेजेन राई,हङ्कङ नेपाली साहित्य प्रतिस्तन अध्यक्षका टंक सम्बाहाम्फे  लगायत हंगकंगस्थित बिभिन्न संघ सस्थाहरुको उपस्थिति रहेको थियो।

सस्थाका उपाध्यक्ष बिस्णु पाख्रिनको स्वागत मनतब्य रहेको उक्त कार्यक्रमलाई सस्थाको महासचिब रिता गुरुङले सञ्चालन गरेकि थिईन।


शुभ कामना दिनेहरुमा सबै सस्थाहरु रहेका थिए भने शुभ कामनाको क्रममा बृटिस गोर्खा भुपु सैनिकका अध्यक्ष हेम प्रताप गुरुङले आफ्नो सस्थाले विगतमा १० बुदा असहमत लिखितरुपमा महासंघलाई पेश गरेको तेस बारेमा केहि जानकारि नदिएकोले महासंघबाट बाहिरिएको जानकारि दिदै भुपुहरुको हंगकंगमा ९६% उपस्तिति रहेको पृष्ठभुमिलाई ख्याल गर्दै यदि यो कार्य समितिले ति मागहरुमा पुर्बिचार गरे आफ्नो सस्था फेरि पनि महासंघसंग सहकार्य गर्न ईच्छुक रहेको जानकारि गराउनु भयो।


यस्को लागि बल महासंघको कोटमा रहेको जनाउनु भयो।यसै गरि आदिवासी महासंघ हंगकंगका अध्यक्ष एमबि थापामगरले नेपालीहरुमा युनिटिहुनुको कुनै विकल्प छैन।सके महासंघ अन्तर्गत नभए पनि कुनै अन्यरुपमा भए पनि एकता भयर मात्र अघि बढनु पर्ने आफ्नो अनुभब सुनाएका थिए।प्रमुख अतिथि नेपाली महाबाणिज्यदुत विनोद कुमार उपाध्यायले महासंघले अभिभाबकिए रोल खेलि रहेकोमा कुनै दुबिधा नरहेको जस्तै दिन बहादुर लिम्बु हत्या काण्ड, जापानलाई सहयोग वा हंगकंगमा नेपाली साहित्य आदिमा गरेको कार्यले प्रुष्टि गरेको छ तर पनि अझै साच्चिकै महासंघ खुला रुपमा अगाडि बढनु पर्ने बताएका थिए।


कार्यक्रमलाई अन्त गर्दै अध्यक्ष प्रदिप थापामगरले उपस्थित सबैलाई धन्यबाद दिदै बन्द सत्रमा धेरै गहकिला निर्णयहरु गरिने पनि जानकारि गराएका थिए। – राज अधिकारी – हङ्कङ