
दक्षिण कोरिया – अध्ययनका लागि दक्षिण कोरिया पुगेका एक नेपाली
विद्यार्थीको बुधबार राति निधन भएको छ ।
उदयपुर गाइघाट घर भएका २३ वर्षीय उज्वल अधिकारीको बुसानस्थित आफ्नै कोठामा निधन
भएको हो । अधिकारीको शवलाई बुसानस्थित एक अस्पतालमा राखिएको नेपाली विद्यार्थी
समाजकी कोषाध्यक्ष ईन्दिरा तिवारीले जानकारी दिइन् ।
अधिकारी दुई वर्षदेखि बुसानस्थित थोङ म्यङ विश्वविद्यालयमा पर्यटन व्यवस्थापन
विषयमा स्नातक गर्दै थिए । अधिकारीको निधनप्रति नेपाली विद्यार्थी समाजका अध्यक्ष
प्रकाश धमलालले विज्ञप्ती जारी गर्दै शोक व्यक्त गरेका छन् ।



