त्रिसुली र नारायणी नदीमा यसवर्षकै सबै भन्दा बढि पानीको बहाव, त्रिशुलीमा ट्रक खंस्दा चालक र खलासी बेपत्ता

चितवन – शुक्रबार दिउँसो मुग्लिन -नारायणगढ सडक खण्ड अन्तरगत सेती दोभानमा एउटा भारतीय मालबहाक ट्रक त्रिशुलीमा खंस्दा चालक र खलासी बेपत्ता भएको जिल्ला
प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता ट्रकमा अन्य यात्रु रहे/नहरेको
बारे केही जानकारी नभएको भन्दै प्रहरीले खोजी सुरु गरेको जनायो ।

खाद्यान्न
लिएर वीरगंजवाट काठमाण्डौतर्फ जादै गरेको भारतिय एचआर ५५ के ६०४० नम्बरको ट्रक
दिउसो साढे २ बजे त्रिशुलीमा खसेर बेपत्ता भएको हो । लगातारको बर्षादका कारण
त्रिसुलीमा बढेको भेलका कारण खोजि कार्य प्रभावित भएको छ ।

बेपत्ता ट्रक
खोजतलासमा स्थानिय बासिन्दा, प्रहरी र शशस्त्र प्रहरी खटिएका छन् । आज त्रिसुली र
नारायणीमा यसवर्षकै सबै भन्दा बढि पानीको बहाव देखिएको छ । लगातारको वषर्ादका कारण
पानीको सतह निक्कै बढेको छ ।

अन्य समाचारहरु