चार दिनदेखि फैलिएको झाडापखालाबाट पाल्पामा तीन जनाको मृत्यु

पाल्पा  – चार दिनदेखि फैलिएको झाडापखालाबाट
पाल्पाको गल्धा गाविस वडा नं‌. २ र ८ मा तीन जनाको मृत्यु भएको छ ।

झाडापखालाबाट वडा नं. २ मा २ जनाको मृत्यु भएको र ५० जना
भन्दा बढि बिरामी रहेको स्थानीयले बताएका छन् । त्यसैगरी वडा नं. ८ मा एक जनाको
मृत्यु भए मरेको १० जना विरामी रहेका छन् ।

सदरमुकामदेखि ६५ किलोमिटर पूर्वमा पर्नै उक्त गाविसमा स्वास्थ्य चौकी रहेपनि
अहेव नरहेको स्थानीयले जानकारी दिएका छन् ।