आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अमेरिकी डलरको मूल्यमा लगातार गिरावट अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको पनि भाउ घट्यो

 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ३९ पैसा छ। विगत केही दिनदेखि अमेरिकी डलरको मूल्य लगातार घट्दै आएको छ।

Nepal life insurance

हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा छ। हिजो युरो १ को खरिददर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ र बिक्रीदर ८७ रुपैयाँ १० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २० र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

Nepal life insurance