डिभी चिठ्ठा (डाइभर्सिटी भिषा) २०१२ को नतिजा प्रकाशित

काठमाडौ  –  प्राविधिक समस्याले एक महिनअघि रद्द भएको डिभी
चिठ्ठा (डाइभर्सिटी भिषा) २०१२ को नतिजा प्रकाशित भएको छ ।

अमेरिकी सरकारले
कम्प्युटर प्रोग्रामिङमा समस्या आएको भन्दै यसअघि सार्वजनिक सबै नतिजा रद्द गरेको
थियो ।

कम्प्युटर प्रोग्रामिङमा आएको खराबीका कारण आवेदकहरुको छनौट निष्पक्ष
हुन नसकेकाले सबै नतिजा रद्द गरिएको थियो ।

नतिजा हेर्न अमेरिकी सरकारको
आधिकारिक वेबसाइटमा गएर डिभी भर्दा प्राप्त १६ डिजिटको कन्फरमेसन नम्बर नाम थर तथा
जन्ममितिका आधारमा नतिजा हेर्न सकिने छ ।

गतवर्ष अक्टोबर ५ देखि नोभेम्बर ३
सम्म भएका आवेदनबाट अमेरिकाले डिभी चिट्ठाको नतिजा प्रकाशित गरेको थियो ।

नतिजा
खोज्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्