आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी बिजयी

 Nepal Life

 

काठमाडौं, १७ बैशाख । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा जीत हासिल गरेको छ । इमिरेट्स स्टेडियममा भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनल पेरिस सेन्ट जर्मेनसँग १–० ले पराजित भएको हो ।

Nepal life insurance

पिएसजीको उस्माने डेम्बेलेको प्रारम्भिक गोलको बलमा आर्सनललाई १–० ले पराजित गरेको हो । डेम्बेलेले पहिलो हाफको चौथो मिनेटमा नै सो गोल गरेका हुन् ।

मिकेल अर्टेटाको तर्फबाट ग्याब्रियल मार्टिनेली र लिआन्ड्रो ट्रोसार्डले राम्रो मौका पाए पनि गोल गर्न सकेनन् । निलम्बित मिडफिल्डर थोमस पार्टीको अनुपस्थितिमा कसरी सेट अप गर्ने भन्ने अर्टेटाको लागि यो खेलमा सबैभन्दा ठूलो चुनौती थियो। उता, ३१ वर्षीय खेलाडी गनर्स मिडफिल्डको महत्वपूर्ण हिस्सा थिए तर क्वार्टरफाइनलमा रियल म्याड्रिडसँगको खेलको अन्तिम केही मिनेटमा पहेँलो कार्ड खाएका थिए, जसको कारण उनले यो खेल गुमाउनु परेको थियो ।

जसको फाइदा पिएसजीले लिन सफल भयो ।

 

images

Nepal life insurance

 

images