चीनमा ३० प्रतिशत युवा अबिबाहित, जोडि मिलाउन बढाइयो डेटिङ शो

 Nepal Life

 

बेइजिङ, १८ बैशाख । अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ ।

तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई नयाँ बैबाहिक सामाजिक संकटतर्फ धकेलिएको छ । अहिले अवस्था यस्तो छ कि धेरै युवाहरु अविवाहित छन्, उनीहरुसँग न बिहे गर्ने समय छ, न त मन नै छ ।

Nepal life insurance

यो प्रवृत्तिप्रति सरकार र समाज दुवै चिन्तित छन्, किनभने जन्मदरमा आएको ह्रास र पारिवारिक संरचनाको कमजोरीले देशको सामाजिक संरचनालाई असर गरिरहेको छ । यो सामाजिक परिवर्तनको बीचमा एक नयाँ प्रवृत्ति भने देखा परेको छ। त्यो हो, लाइभ भिडियो डेटिङ शो।

रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् ।

रिपोर्टका अनुसार चीनमा ३० प्रतिशतभन्दा बढी युवाहरू अझै अविवाहित छन्। यसको प्रमुख कारण शिक्षा र करियरलाई लिएर बढ्दो दबाब रहेको विज्ञहरू बताउँछन् । युवाहरूसँग डेटिङ वा सम्बन्धका लागि समय नै हुँदैन। यस्तो अवस्थामा व्यवस्थित विवाह वा पारिवारिक सञ्जालजस्ता परम्परागत विधिहरू मार्फत सम्बन्ध स्थापित गर्ने इच्छा पहिलेको जस्तो सहज छैन।

यद्दपी, डेटिङ शोले भने केही राहात गरेको छ । यी शोहरू हरेक राति ११ बजेबाट सुरु हुने यी सत्रहरू साइबर म्याचमेकर टियान जिनजस्ता प्रभावशालीले आयोजना गरेका छन्। जसको प्रत्येक सत्रमा एकपटकमा कम्तिमा ८०० भन्दा बढी दर्शकहरू सामेल भइरहेका छन ।

यी लाइभ डेटिङ सत्रहरूमा भाग लिने युवाहरूले क्यामेरामा आफ्नो बारेमा बताउनु पर्छ। आफ्नो उमेर, पेशा, आय, शौक र व्यक्तिगत प्रतिभा जस्ता कुराहरू साझा गर्नु पर्छ । कतिपय सहभागीले गीत गाउँछन् भने कोही आ–आफ्नो शैलीमा नाच्दै दर्शकको मन जित्ने प्रयास गर्छन् । वास्तविक प्रतिक्रिया लाइभ टिप्पणीहरू मार्फत पनि उपलब्ध हुन्छन् ।

स्टीव चेन, एक २५ वर्षीय मेडिकल विद्यार्थी हुन्, जसले आफूलाई सधैं ‘बर्थ सिंगल’ भनेर वर्णन गर्ने गर्दथे तर एक यस्तो कार्यक्रम मार्फत विशेष व्यक्तिलाई भेटेका थिए । धेरै प्रत्यक्ष सत्रहरू र कुराकानीहरू पछि उनको क्रिस्टिन झांग, एक नियमित दर्शकसँग प्रेम महसुस गर्न थाले । बिस्तारै उनीहरुको कुराकानी डेटिङसम्म पुग्यो र अहिले  यतिखेर उनीहरु गम्भीर सम्बन्धमा छन् ।

यो पछिल्लो प्रवृत्ति चीनका सहरी युवाहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ। यो परम्परागत सम्बन्धहरू भन्दा फरक मात्र होइन, पूर्ण रूपमा डिजिटल पनि छ जहाँ हजारौं दर्शकहरूको अगाडि पहिलो छाप बनाउन पाइन्छ।

 

Nepal life insurance